• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र ३, बिहिबार (४ साल अघि)

•••●अर्थात् तेस्रो आँखा●•••

फाईल तस्विर

  • ११६९ पटक पढिएको
  • राजकुमार राज्यमा सुख सुबिधा ऐश आराम मान सम्मान प्राप्त भएर पनि त्यति खुसी हुन सकेनन्।राजा राजकुमारको खुसीका लागि जे गर्न पनि तयार थिए।राज्य सञ्चालन गर्ने मोह राजकुमारमा नभएकोमा राजा चिन्तिन थिए।एक्लो राजकुमारमा सत्ता मोह नभएकोमा राजा चिन्तिन हुनु स्वभाबिक थियो।सानै उमेरबाट राजकुमार आध्यात्मिक सोचका थिए।बस्तु चेतना जीबन जगत अस्तित्व सम्बन्धी प्रश्नहरूमा राजकुमार खुब रुचि राख्थे।युद्धकौशल कूटनीति राजनिति प्रति राजकुमारको खासै चासो थिएन।चेस राजकुमारको मन पर्ने खेल थियो।दरबारमा राजकुमारलाई चेसमा कसैले हराउन सकेको थिएन।

    राजकुमार बिगत देखि नै मनभित्र अनुत्तरित प्रश्नले जीबनमा बैराग्यताको अनुभुति गर्न थाले।जीबनमा पद प्रतिष्ठा मान सम्मान बिना खुसी प्राप्त गर्ने उपायबारे राजकुमार ध्यान केन्दित गरे।सो समय राज्यमा एउटा मुक्त योगीको चर्चा थियो।दरबार भन्दा धेरै टाढा जङगल नजिक नदीको तटमा कुटीमा बस्थे ति योगी।योग ध्यान साधना उपासना प्रवचन शैलिका कारण उनको चर्चा चुलिएको थियो।योगीको बारेमा चर्चा सुनेका राजकुमार जीबनको अनुत्तरित प्रश्नको उत्तर योगी सङग हुन सक्छ भन्ने ठम्याईका साथ योगी भेट्न जाने निर्णयमा पुगे। जीबनमा सबै थोक त्यागेर पनि जीबन जगत प्रति अत्यन्त सकारात्मक सोच योगीमा देख्दा राजकुमार योगीबाट छोटो समयमा नै प्रभावित भए।

    राजकुमारले योगीको कूटीमा आउनुको कारण योगीलाई सविस्तार सुनाए।वातचितको क्रममा राजकुमारलाई चेस खेल मनपर्ने कुरा राजाले चाल पाए।मुक्त पुरुष सबै परिबेश घटना बस्तु बाट पाठ सिक्छन र सिकाउन पनि सक्छन्।योगीले राजकुमारलाई उनकै कुटीमा रहेका शिष्य सङग चेस खेल्न आग्रह गरे।मुक्तिको अर्थ बुझ्न कुटी छिरेका राजकुमार अलमलिए।योगीले चेस खेल समाप्त पछि मुक्ति योग साधनाको बारेमा चर्चा गर्ने कुरा राजकुमारलाई बताए।राजकुमार रुचिको खेल खेल्न तैयार भए किनकी उनलाई हार्छु भन्ने रत्ती भर डर थिएन। योगीले राजकुमारलाई चेस खेलमा जीत हासिल गरे मात्र मुक्तिको बाटो बोध गराइदिने तर हार भएमा राजकुमारको शिर छेदन गर्ने र सङगै चेस खेल्ने शिष्यले हारे भने उनको पनि शिर छेदन गर्ने शर्त राखे।राजकुमारमा चेस खेल प्रति तिब्र रुचि जितिन्छ भन्ने आत्मबिश्वास उच्च भएकोले योगीको शर्त स्विकारे।

    योगी शिष्य चेस खेल सामान्य नियम पुर्बक खेल्थे तर दक्ष थिएनन्।राजकुमारले दुई चार गोटी चाल्दा नै शिष्यको दक्षता चाल पाईहाले।राजकुमार जीतको नजिक पुग्दै थिए।छल्यास्स खेलको शर्त याद आयो।उनीमा करुणा जाग्यो।खेल जित्दा शिष्यको शिर छेदनको पिडाले पोल्यो।राजकुमार खेल हार्ने गरी खेल्न थाले जसको लागि उनले राम्रै मेहनत गर्नु पर्यो।राजकुमार खेल हार्न दत्तचित्त लगाएर खेल्दै थिए भने योगी रमिते बनेर खेल हेर्दै थिए। नजिकबाट खेल नियालिरहेका योगीले राजकुमार र शिष्यलाई खेल रोक्न आग्रह गरे।राजकुमारले राजालाई खेल रोक्नुको कारण सोधे।योगीले राजकुमारलाई खेलबाट हजुरले धेरै सिकीसक्नु भयो जीबन जगत ध्यान करुणाको बारेमा भने तर राजकुमारले योगीको कुराको केहि भेउ पाएनन्।

    योगी राजकुमार तर्फ इङकित गर्दै अझ प्रष्ट पार्दै थप्छन्-“तपाईमा शिष्य प्रति करुणा भाव उत्पन्न भयो।सजिलै जित्ने खेल हार्न चाहानु भयो।हार्न लागि तपाई ध्यान केन्द्रित गर्न लागि पर्नु भयो।आध्यात्मिक अन्तरयात्राको लागि आबश्यक पर्ने करूणाभाब र एकाग्रता तपाईमा मैले पाए।अब बिस्तारै भोलिका दिनहरुमा थप सिक्दै जानुहुनेछ अब तपाई दरबार जान सक्नु हुन्छ।”योगीको उदाहरण सहितको बोधित्व कला प्रति राजकुमार प्रभावित भए।

    मानव भित्र नै अथाह गुण क्षमता हुदाहुदै पनि कस्तुरी झै हामी बाहिरी सन्सारमा भोतारिन्छौ।धन दौलत पद प्रतिष्ठा रुप सौन्दर्य बर्ण क्षेत्र धर्म भूगोलको जलप लगाएर हामी म भित्रको म लाई लुकाउन खोज्छौ।जीबनमा म भित्रको म बाहेक हामी सबैलाई चिन्छौ।जन्म देखि नै जात सस्कार धर्म भूगोल लिङ्ग आदिको बिल्ला भिराएर हामीलाई हाम्रो समाज आफन्तले उठ्न नसक्ने भारी बोकाइदिन्छन्।धन दौलत पद प्रतिष्ठा प्राप्त गर्न हामी जीबनभर प्रतिस्पर्धाको अनन्त यात्रा तय गर्छौ।अरुलाई पछि नपारी अघि बढ्न सकिन्न भन्ने सोच बिकास हुदा हामी सबैलाई शत्रु देख्छौ जसले करुणा भाव सदाको लागि मर्दछ र हाम्रो आध्यात्मिक अन्तरयात्रामा पूर्णबिराम लाग्छ।

    हामीमा धन दौलत पद प्रतिष्ठाको आशक्ति चुलिन्छ जसको कारण मानव भएर जन्मनुको अर्थ खोज्न म भित्रको मलाई बुझ्न ज्ञान ध्यान योग साधना ब्यायाम सकारात्मक सोचको माध्यमबाट मानशिक शारिरिक रुपमा स्वस्च्छ र सवल हुनबाट समेत चुक्छौ।जीबनमा गलत यात्रा तयका कारण हामी जन्म मृत्यू र बीचका केहि घटनाहरुमा रुमल्लिन्छौ।महर्षि पतञ्जलिले सुझाएका-अथ योगानुशासनम्। योगश्चित्तवृत्तिनिरोध:।तदा द्रष्टु:स्वरौपेSवस्थानम्।वृत्तिसारुप्यमितरत्र।चार श्लोकको भाब बोधित्वबाट अन्तरयात्रा तय गर्न सके जीबन सार्थक बन्छ।

    लेखक:  नारायण प्रसाद रेग्मी उप -प्राध्यापक सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवन

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    १ महिना अघि

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

    १ महिना अघि

    सीमाना, संवेदना र जिम्मेवारी

    २ महिना अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन


  • ३ महिना अघि

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

  • ५ महिना अघि

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

  • ५ महिना अघि

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

  • ७ महिना अघि

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution