म्याग्दी, मालिका, साउन-२८, म्याग्दीको मालिका गाउँपालिका–५ ठुलोढाटरमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार ग २ च ४३९२ नम्बरको बोलेरो जीप मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट रुन्म जाँदै गर्दा अनियन्त्रित भई करिब ४० मिटर तल खसेको हो। दुर्घटनामा मालिका–५ रुन्म निवासी ४३ वर्षीया खनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा जीप चालक मालिका–५ का ४० वर्षीय चन्द्र पुन, ७३ वर्षीय भविराज फगामी र १४ वर्षीया सृजना घर्ती घाइते भएका छन्। घाइतेमध्ये चालक पुन र भविराज फगामीलाई दरबाङ आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। सृजना घर्तीको उपचार दरबाङमै भइरहेको छ।
इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सोमदास ढकालका अनुसार अबिरल वर्षाका कारण ग्रामीण सडक चिप्लो र जोखिमपूर्ण बनेको हुँदा यात्रामा सर्तकता अपनाउन आग्रह गरिएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )