बेनी, असोज-१७, आगामी चार दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले म्याग्दीको बेनी–जोमसोम सडकखण्ड रातिको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म साँझ ५ बजेदेखि विहान ६ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो । असोज २१ गतेदेखि सडक पुनः नियमित सञ्चालनमा आउने छ ।
बाढीपहिरोको जोखिमका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकाले पदयात्री तथा पर्यटकलाई नर्थ अन्नपूर्ण, घोडेपानी, खोप्रा लगायतका क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको चेतावनी जारी गरेसँगै प्रशासनले यो निर्णय गरेको हो ।
यात्रा अघि मौसम र सडकको अवस्था बुझ्न, आपतकालीन तयारी गर्न, सञ्चारका साधन र खाद्यान्नको पूर्वव्यवस्था गर्न प्रशासनले आग्रह गरेको छ । साथै, स्थानीय तह र छिमेकी जिल्ला मुस्ताङ, बागलुङ र पर्वतसँग समेत समन्वय गरी उद्धार तथा आपतकालीन सवारी साधन तयारी अवस्थामा राखिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )