बेनी, असोज-३, म्याग्दी जिल्लामा यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर लागू भएको छ। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकले नयाँ दर तोकेको हो।
निर्धारणअनुसार, बेनी–जोमसोम सडकखण्डमा बसभाडा प्रति यात्रु प्रति किलोमिटर १० रुपैयाँ र जीपको १५ रुपैयाँ तोकिएको छ। बेनी–दरबाङ र बेनी–रत्नेचौर सडकखण्डमा पनि बसले १० र जीपले १५ रुपैयाँ लिन पाउनेछन्।
जिल्लाभित्रका सबै पक्की सडकमा बसले प्रति किलोमिटर १८ रुपैयाँ, जीपले २५ रुपैयाँ र ट्याक्सीले प्रति यात्रु १७ रुपैयाँ लिन पाउने छन्। कच्ची सडकमा भने ट्याक्सीको भाडा ३० रुपैयाँ कायम गरिएको छ। ग्रामीण सडकमा बसको भाडा प्रति किलोमिटर १४ रुपैयाँ र जीपको १८ रुपैयाँ तोकिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो।
बैठकले तोकिएको भाडादर सबै पालिकाले सार्वजनिक स्थानमा टाँस गर्नुपर्ने र प्रशासनले नियमित अनुगमन गर्ने निर्णय गरेको छ। स्थानीय तहलाई सात दिनभित्र सवारी रुट र भाडादर विवरण जिल्ला प्रशासन, प्रहरी र ट्राफिक कार्यालयमा पठाउन भनिएको छ।
भाडादर कार्यान्वयनमा यातायात व्यवसायीले समेत प्रतिबद्धता जनाएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको संयोजकत्वमा भाडादर निर्धारण उपसमिति गठन गरिएको छ। यसअघि तोकिएको दर २०८० साल जेठ ५ गतेदेखि नै कायम थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )