

बेनी, कात्तिक-१५, धौलागिरी गाउँपालिका–६ मराङकी एक सुत्केरी महिलाको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ। वडा नं. ६ मराङ निवासी रगेन्द्र गर्बुजाकी श्रीमती विष्णुकुमारी गर्बुजालाई सुत्केरी हुन कठिनाइ भएपछि गम्भीर अवस्थाबाट उद्धार गरी पोखरा पठाइएको हो।
आज बिहान करिब ८ बजे स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी गराउने क्रममा शिशुको खुट्टा पहिले निस्किएपछि आमा र बच्चा दुबैजना गम्भीर जोखिममा परेका थिए।
स्वास्थ्यकर्मीहरूले तत्काल सुत्केरी गराउन नसकिने जानकारी दिएपछि गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको हो।
उद्धारपछि विष्णुकुमारी गर्बुजालाई थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा लगिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। गण्डकी प्रदेश सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )