

म्याग्दी, कात्तिक-११, उपल्लो मुस्ताङमा लगातारको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । सोमबार रातिदेखि सुरु भएको हिमपातका कारण उपल्लो मुस्ताङ्गका क्षेत्र सेताम्मे भएका छन् ।
यसैबीच म्याग्दीका विभिन्न स्थानमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण तापक्रममा गिरावट आएको छ भने जनजीवन समेत प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहँदै आएको छ । साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा समेत परेको विभागले जनाएको छ ।
विभागले आगामी केही घण्टा पश्चिम तथा मध्य क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )