
बेनी, कात्तिक-१०, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित चार हजार एक सय ९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू पुगेका छन्।
हुमखोलादेखि मौरिस हर्जोग पदमार्ग हुँदै करिब १८ घण्टाको कठिन पदयात्रा पछि उनीहरू चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पार गर्दै आधार शिविर पुगेका हुन्।
यो ऐतिहासिक पदयात्रामा शारीरिक, दृष्टि, सुनुवाइ, र अल्बिनो गरी ६ प्रकारका अपाङ्गता भएका व्यक्तिहरू सहभागी भएका थिए। सहभागीमध्ये चोमु शेर्पा खुसी, इश्वर बास्तोला, राजेश भण्डारी, सङ्गीता शर्मा, विशाल विक, भीम गुरुङ, वासु थकाली र सहयोगी बन्दना राई रहेका छन्।
अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालका अध्यक्ष विशाल विकका अनुसार, पदयात्राको उद्देश्य अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशी बनाउनुपर्ने सन्देश प्रवाह गर्नु रहेको थियो। उनका अनुसार, पदयात्राले आफ्नो उद्देश्य अनुसार सफलता हासिल गरेको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )