
म्याग्दी, कात्तिक-१८, म्याग्दीमा सञ्चालित वाणिज्य तथा विकास बैंकका शाखा प्रमुखहरू आबद्ध संस्था बैंकर्स क्लब म्याग्दी पुनर्गठन भएको छ । सोमबार बेनीमा सम्पन्न भेलाबाट सिद्धार्थ बैंकका शाखा प्रमुख नारायण सापकोटालाई सर्वसम्मतरूपमा क्लबको अध्यक्ष चयन गरिएको हो ।
त्यस्तै, क्लबको वरिष्ठ उपाध्यक्षमा सुमित सुवेदी (सिटिजन्स बैंक), सचिवमा आषिश पौडेल (कृषि विकास बैंक), कोषाध्यक्षमा मुरारी रिजाल (प्राइम कमर्सियल बैंक) र सहसचिवमा मिलनकुमार श्रेष्ठ (कुमारी बैंक) चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा अमृतकुमार श्रेष्ठ (ग्रीन डेभलपमेन्ट बैंक), मानप्रसाद शर्मा (माछापुच्छ्रे बैंक) र अजित बरुवाल (कामना सेवा विकास बैंक) रहेका छन् ।
पुनर्गठन कार्यक्रममा हालै म्याग्दीबाट सरुवा भई जान लाग्नुभएका ग्लोबल आईएमई बैंक बेनी शाखाका प्रमुख तथा क्लबका निवर्तमान अध्यक्ष शोकेन्द्र थापा मगरलाई मायाको चिनोसहित बिदाइ गरिएको थियो । सोही अवसरमा ग्लोबल आईएमई बैंकमा नवआगन्तुक शाखा प्रमुख टङ्क शर्मालाई क्लबमा स्वागत गरिएको क्लबका कोषाध्यक्ष मुरारी रिजालले जानकारी दिनुभयो ।
अघिल्ला अध्यक्ष थापाले आफ्नो सरुवापछि राजीनामा दिनुभएपछि उक्त राजीनामा स्वीकृत गर्दै बैंकर्स क्लब म्याग्दी पुनर्गठन गरिएको हो । कार्यक्रम क्लबका नयाँ अध्यक्ष नारायण सापकोटाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सुमित सुवेदीको स्वागत मन्तव्य र सहसचिव मिलनकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )