काठमाडौँ, असोज-५, प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद विस्तारकाे तयारी गरेकी छन् । हालकाे ४ सदस्यीय मन्त्रीपरिषदमा उनले कम्तिमा ४ जना थप्ने तयारी गरेकी हुन् ।
आन्दोलनकारी विभिन्न स्टेकहोल्डरसहितको सल्लाहमा आज साँझसम्म ४ मन्त्रीहरुको नाम लगभग टुंगो लागेकाे छ । यद्यपि राष्ट्रपति कार्यालयमा पठाइएकाे छैन । भाेलि उनीहरुलाई नियुक्त गरेर सपथग्रहणकाे तयारी रहेकाे स्राेतले बतायाे ।
हालसम्म स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्रा,आविश्कार वैज्ञानिक महाविर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्व न्यायाधीश अनिल सिन्हालगायतको करिब फाइनल भएको वार्तामा सहभागीले नेपाल प्रेसलाई बताए । स्वास्थ्य मन्त्रीमा मिश्रा, विज्ञानमा महावीर, सञ्चारमा खरेल र कानूनमा सिन्हाको सम्भावना देखिएको हाे ।
यीबाहेक जेनजी आन्दोलनकारीकै प्रतिनिधित्व पनि गराउन दबाब छ, तर कसलाई आधिकारिक मान्ने भन्ने विवादले सिंहदरवारमा बबण्डर भइराखेको छ । श्रोत नेपाल प्रेस
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )