बाग्लुंग, असोज-१७, बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ अन्तर्गत गाईघाट झरना नजिकै जीप दुर्घटना भएको छ । ताराखोलाबाट गलकोट नगरपालिका–५ सर्दाखेततर्फ जाँदै गरेको ग–१–ज ६१०० नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी गलकोट नगरपालिका–५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा परी सोही ठाउँका २४ वर्षीय मिलन परियार, ४३ वर्षीय बिरवल परियार र २६ वर्षीय दिनेश थापा घाइते भएका छन् । घाइतेमध्ये २६ वर्षीय थापाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल अस्पतालमा रिफर गरिएको छ भने अन्य घाइतेहरुको उपचार गलकोट नगर अस्पतालमा भइरहेको छ ।
जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । श्रोत: गल्कोट न्युज
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )