• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २६, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

१२ मिनेट अघि
२

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

४ घण्टा अघि
३

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

३ दिन अघि
४

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

३ दिन अघि
५

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

५ दिन अघि
६

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
७

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
८

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
९

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
११

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि
१२

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ १, आईतबार (३ हफ्ता अघि)

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

तस्विर : कृष्ण जि.सी.

  • १६३ पटक पढिएको
  • म एउटा सामान्य परिवारमा जन्मिएकी म्याग्दीकी छोरी हुँ। गाउँकै माटोमा हुर्किएँ, यहीँका भीर–पाखामा साक्षरता र सिकाइको बीज रोप्दै दुई दशकसम्म शिक्षण पेसामा समर्पित भएँ। विद्यालयको चोकबाट धेरै बालबालिकालाई समाजको जिम्मेवारी बोक्न तयार गरें। तर मनको कुनामा सधैं लागिरहन्थ्यो — शिक्षिका भएर मात्रै गाउँको गहिरा पीडा र मौन आवाजहरू उजागर गर्न सकिँदैन।

    त्यसैले एक दिन निर्णय गरें  अब कलमको दिशा फेरिन्छ। २१ वर्षको शैक्षिक यात्रालाई बिदा दिँदै पत्रकारिताको बाटो समाएँ।

    पत्रकारिताको सुरुवात सहज थिएन। म्याग्दीको जस्तो दुर्गम जिल्लामा, जहाँ सूचना र सञ्चार अझै विकासोन्मुख अवस्थामा छन्, त्यहाँ महिलाले पत्रकारिताको यात्रामा उभिनु आँधीमा दियो बालेर हिँड्नु सरह हो। सुरुका दिनहरूमा म केवल सदरमुकाममा हुने कार्यक्रमहरूमा पुग्थें, कारण थियो पहुँच, स्रोत, आत्मविश्वास र सामाजिक दृष्टिकोण।

    सहकर्मी शिक्षकमित्रहरू पनि अचम्म मान्थे। कोही भन्थे  “शिक्षिकालाई त महिना मरेपछि तलब आइहाल्छ, किन यति दौडधुप?” कोही गिज्याउँदै भन्थे  “अब महिला पनि पत्रकार? के लेख्ने, के कमाउने?”

    तर मलाई थाहा थियो, मेरो कलम सधैं उनीहरूको आवाज बन्नेछ — ती आवाजहरू जसलाई कसैले सुन्दैनथ्यो।

    हामी थोरै छौं, तर थाकेका छैनौं

    मेरोजस्तै केही महिलाहरू अहिले पत्रकारिताको कठिन बाटोमा पाइला चालिरहेका छन्। हामी तालिम लिन्छौं, गाउँगाउँमा रिपोर्टिङ गर्छौं, रेडियोमा बोल्छौं, लेख लेख्छौं। तर हामी पत्रकार महासंघको औपचारिक सदस्य बन्न पाउँदैनौं। हाम्रो श्रम र सीपलाई संस्थागत रूपले स्वीकार्न समाज अझै तयार छैन।

    हामीलाई सहभागी बनाउने योजना भनिन्छ, तर व्यवहारमा ती योजना कागजका झोलामै सीमित छन्। कहिलेकाहीँ लाग्छ  हामी अझै पनि ढोका ढक्ढक्याइरहेका छौं, तर त्यो ढोका कसैले खोलिदिएको छैन।

     संवेदनशील आवाजकी प्रतिनिधि

    हामी महिला पत्रकारले रिपोर्ट गर्ने विषयहरू सजिला हुँदैनन्  घरेलु हिंसा, बालविवाह, किशोरीको पीडा, महिला स्वास्थ्य र शिक्षा जस्ता विषयहरूमा हामी नजिकबाट महसुस गर्छौं, बुझ्छौं र लेख्छौं। ती विषय पुरुष सहकर्मीले सहजै प्रस्तुत गर्न सक्दैनन्।

    हामी संवेदनशील मुद्दाका संवेदनशील प्रतिनिधि हौं। तर जब हाम्रो उपस्थितिलाई संस्थागत रूपमा बेवास्ता गरिन्छ, त्यसले न केवल हामीलाई, यस समग्र समाजलाई समेत असर गर्छ।

    हामीलाई दया होइन, अवसर र न्याय चाहिएको हो

    दशकौंदेखि पत्रकारितामा लागेका अग्रजहरूप्रति हामी सम्मानित छौं। उनीहरूबाट सिक्ने धेरै कुरा छन्। तर सिकाइको यात्रा त तब सार्थक हुन्छ, जब त्यो अवसरमा रूपान्तरण हुन्छ।

    वास्तविकता के हो भने  तालिमपछि अवसर छैन, रोजगारी छैन, स्थायित्व छैन। आर्थिक आत्मनिर्भरताको आधार निर्माण हुन सकेको छैन। यही अभावले गर्दा धेरै महिला साथीहरू पत्रकारिताको बाटोबाट हराउँदै गएका छन्। नयाँ महिलाहरू यो पेसातिर आकर्षित हुन सकिरहेका छैनन्। यदि यस्तै अवस्था रहिरह्यो भने, महिला पत्रकारिताको भविष्य अँध्यारो देखिन्छ।

     मौलिक भरोसाको पात्र

    म समाचार मात्र लेख्दिन। म मौन आवाजलाई शब्द दिन्छु। गाउँकी महिला मलाई आफ्नो कथा भन्छिन्, किनभने उनी जान्दछिन्  म पनि उनीजस्तै एउटी महिला हुँ। म तिनको भरोसा हुँ, आवाज हुँ। त्यसैले जब हामीलाई संस्थागत रूपमा ओझेलमा पारिन्छ, त्यो केवल हाम्रो अपमान होइन  हामी सबै महिलाहरूको मौनताको अपमान हो, जसले कलममा भरोसा गरेका छन्।

    अन्त्यमा : यति भन्न म कति पनि हिच्किचाहट मान्दिन कि महिला पत्रकारिताको मुद्दा दया वा सुविधा होइन यो प्रतिनिधित्व र न्यायको सवाल हो। पत्रकार महासंघ, सञ्चार संस्था, सरकार र पत्रकार समुदाय सबैले महिला पत्रकारलाई सहभागी मात्र होइन, नेतृत्वदायी भूमिकामा अघि ल्याउने रणनीति बनाउनैपर्छ। अव संरचना फेरौं, दृष्टिकोण पनि बदलौं

    हामी  नेपाली पत्रकारिता लोकतान्त्रिक, उत्तरदायी र समावेशी बनोस् भन्ने चाहन्छौं भने  हामीजस्ता महिलाहरूलाई केन्द्रमा राख्नैपर्छ।

    म म्याग्दीकी एउटी आम महिला, शिक्षिका हुँदै  पत्रकार बनेकी। मेरो यो यात्रा केवल व्यक्तिगत परिवर्तन होइन, यो सिंगो संरचनाको आलोचना र समाज रूपान्तरणको आह्वान पनि हो  ।

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

    ६ महिना अघि

    निरुता बुढाथोकी: व्यस्तताको शक्ति र जीवन व्यवस्थापनको प्रेरणा

    ६ महिना अघि

    LEGAL PROVISIONS SHOULD BE MADE AGAINST THE OPEN BURNING OF WASTE


  • ७ महिना अघि

    गुर्जाका सचिव कालिकोटे अंकित: युवाका लागि प्रेरणाका श्रोत

  • ७ महिना अघि

    मंसिर पन्ध्र: म्याग्दीको लुलांगमा गोठ सार्ने दिन (फिचर )

  • ७ महिना अघि

    रैयाँ चाँदीको गीत: नेपाली लोक गीतमा एक फरक अभ्यास

  • ७ महिना अघि

    अल्पायुको मृत्यु जस्तो पीडादायी मृत्यु अरु हुनै सक्दैन

  • समाचार
  • १

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    १२ मिनेट अघि

  • २

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ४ घण्टा अघि

  • ३

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    ३ दिन अघि

  • ४

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    ३ दिन अघि

  • ५

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    ५ दिन अघि

  • ६

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ७

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • ९

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution