• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार (१ साल अघि)

कोदोको महत्व: परम्परा, पोषण र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड

तस्विर : कृष्ण जिसी

  • ४८३ पटक पढिएको
  • आज साउन १६ गते, नेपाल सरकारले यस दिनलाई ‘कोदो दिवस’ को रूपमा मनाउने निर्णय गरेको छ। कुनै समय गरिबको खाना भनेर हेय दृष्टिले हेरिएको कोदो आज सहरका ठूला होटल र रेस्टुरेन्टसम्म पुगेको छ र महत्वपुर्ण खानाको रूपमा स्थापित हुँदै गएको छ। यसको पोषणीय महत्व बुझ्दै संरक्षण र प्रवर्द्धनतर्फ सरकारको ध्यान जानु सकारात्मक र सराहनीय कदम हो।नेपालको कृषि प्रणालीमा कोदो एक पुरानो, परम्परागत र स्थानीय बाली हो, जसले आज पनि ग्रामीण जीवन, खाद्य सुरक्षा र सांस्कृतिक पहिचानमा गहिरो छाप छोडिरहेको छ। विशेषतः पहाडी तथा हिमाली क्षेत्रका किसानहरूले वर्षौंदेखि कोदोलाई खाद्यान्नको भरपर्दो स्रोतका रूपमा प्रयोग गर्दै आएका छन्। यद्यपि पछिल्लो समय आधुनिक जीवनशैली, बजारमुखी कृषि प्रवृत्ति र बाली विविधीकरणको नाममा कोदोजस्ता पोषिलो बालीहरू ओझेलमा पर्दै गएका छन्। आजको सन्दर्भमा कोदो जस्ता परम्परागत बालीहरूको पुनर्मूल्यांकन र प्रवर्द्धन समयको माग हो।कोदो एक यस्तो अन्न बाली हो, जुन न्यूनतम मलजलमा पनि उत्पादन गर्न सकिन्छ। सुख्खा तथा कम उर्वर जमिनमा पनि सजिलै फल्ने क्षमताका कारण यो विपन्न किसानहरूको लागि अत्यन्त उपयुक्त बाली हो। नेपालका पर्वतीय भेगहरूमा असार-साउनमा रोपिने कोदो असोज-कात्तिकमा पाकेर भित्र्याइन्छ। यसको ढिँडो, रोटी, खिर, लड्डुजस्ता परिकारहरू केवल स्वादिलो मात्र होइनन्, पोषणका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छन्।कोदोलाई आज विश्वमै ‘सुपरफुड’ को रूपमा चिनिन थालेको छ। यसमा पाइने प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, र एन्टीअक्सिडेन्ट तत्वहरूले मानव शरीरलाई आवश्यक ऊर्जा, रोग प्रतिरोधात्मक क्षमता, र पाचन सन्तुलन प्रदान गर्छ। विशेषगरी मधुमेह, मोटोपना, पाचन समस्या वा एलर्जी भएका व्यक्तिहरूका लागि कोदो उत्तम विकल्प हो, पोषण विज्ञका अनुसार यो ‘ग्लुटेन फ्री’ अन्न हो।

    तर कोदोको महत्व केवल पोषणमा सीमित छैन। यसको सामाजिक र सांस्कृतिक पक्ष पनि उत्तिकै गहन छ। नेपालको धेरैजसो समुदायमा कोदोबाट परम्परागत रूपमा घरेलु रक्सी जस्तै जाँड, लोकल रक्सी, छ्यांग, तुम्बा  बनाउने चलन आजसम्म पनि कायमै छ। खासगरी चाडपर्व, विवाह-व्रतबन्ध, मेलापात, अथवा जातीय सभ्यता र सांस्कृतिक उत्सवहरूमा कोदाको रक्सी सामाजिक समागमको अनिवार्य हिस्सा बनेको छ। कतिपय जातीय समूहहरूमा त यो सांस्कृतिक पहिचानकै रूपमा स्थापित छ।

    यद्यपि रक्सीको अति प्रयोग स्वास्थ्यका लागि हानिकारक हुन सक्छ, सन्तुलितरूपमा प्रयोग गरिएको कोदाको जाँडले चिसो मौसममा शरीर तातो राख्ने, थकान हटाउने र सामाजिक सम्बन्ध प्रगाढ बनाउने जनविश्वास आज पनि जीवित छ। आज पनि कतिपय हिमाली गाउँहरूमा कोदोको रक्सी पाहुना सत्कारको अभिन्न अङ्गका रूपमा रहेको छ।

    बढ्दो स्वास्थ्य चेतना, स्वदेशी उत्पादनको माग, र हरित प्रविधिमा आधारित कृषि नीतिहरूले कोदोको सम्भावनालाई अझ फैलाइरहेका छन्। कोदाबाट केवल ढिँडो वा रक्सी होइन-पिठो, दलिया, बिस्कुट, लड्डु, सेलरोटीजस्ता प्रशोधित सामग्रीहरू उत्पादन गरेर शहरी बजारमा आपूर्ति गर्ने क्रम पनि तीव्र बन्दै गएको छ। यसले ग्रामीण उत्पादनलाई बजारसँग जोड्दै किसानको आम्दानी वृद्धि गर्न सक्ने सम्भावना बढाएको छ।

    अब समय आएको छ कोदो खेतीलाई केवल आत्मनिर्भर जीवनयापनको माध्यम होइन, स्थानीय अर्थतन्त्र सुदृढीकरण र पोषण सुरक्षाको मेरुदण्ड को रूपमा विकास गर्ने दीर्घकालीन रणनीति बनाउन। सरकार र सम्बन्धित निकायहरूले कोदो खेतीमा प्राविधिक सहयोग, गुणस्तरीय बीउ व्यवस्थापन, सिँचाइ सुविधा विस्तार, र प्रशोधन उद्योग स्थापना जस्ता पक्षमा गम्भीर ध्यान दिन जरुरी छ।

    अन्ततः कोदो केवल अन्न बाली होइन यो परम्परा, पोषण, संस्कार र सम्भावनाको संगम हो। यसको संरक्षण, प्रवर्द्धन र नवप्रविधिसँग समायोजनले नेपालको ग्रामीण क्षेत्रलाई आत्मनिर्भर, समृद्ध र पहिचानयुक्त बनाउने ठोस आधार बन्न सक्छ।

     

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    १ महिना अघि

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

    ३ महिना अघि

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

    ३ महिना अघि

    सीमाना, संवेदना र जिम्मेवारी


  • ४ महिना अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • ७ महिना अघि

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

  • ९ महिना अघि

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

  • ११ महिना अघि

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution