कृष्ण जिसी
देश अहिले अभूतपूर्व राजनीतिक-सामाजिक परिवर्तनको बिन्दुमा छ। यो परिवर्तन कुनै आकस्मिक, अकल्पनीय वा विदेशी षड्यन्त्रको उपज मात्र होइन। यसको मूल बिउ घर-घरमै रोपिएको थियो, हाम्रो आफ्नै छोराछोरी, हाम्रै पुस्ता, जसलाई हामी जेन–जि भन्छौँ।
सुरुमा यो विद्रोहलाई सामान्य रुपमा हलुका तरिकाले लिइयो। कसैले यसलाई केवल केटाकेटीहरूको हठ भने, कसैले मोबाइलमा घोप्टिएका, इन्टरनेटमा रमाउने पुस्ताको सनक ठाने। तर इतिहासले फेरि प्रमाणित गर्यो-जब युवापुस्ताले आफ्नै भविष्यबारे प्रश्न गर्न थाल्छ र संरचनागत अन्याय विरुद्ध खडा हुन्छ, त्यसलाई हलुका रुपमा लिने गल्ती महँगो पर्छ। यही गल्तीबाट पुरानो राज्य संरचना जलेर खरानी भयो।
घर र कोठादेखि सडकसम्म
जेन-जि पुस्ताको विद्रोहको यात्रा कुनै आन्दोलनको घोषणापत्रबाट होइन, घर-घर, कोठा-कोठाबाट सुरु भएको हो। एक पटक सम्झौं त हामे सबैका घर घरमा विद्रोहको ज्वाला दन्किरहेको थियो। सम्झनुहोस त अभिभावकहरूले राजनीतिक चर्चा गर्दा छोराछोरीले तुरुन्तै असहमति जनाए, वैकल्पिक दृष्टिकोण प्रस्तुत गरे। उनीहरूले प्रश्न सोध्न थाले, “किन नेताहरू भ्रष्ट छन् ? किन न्याय ढिलो हुन्छ ? किन शिक्षा र रोजगारी सुरक्षित छैन ?” हामीले के सोची रहयों मा कुनै दलमा आबद्द छु भने मेरो छोरा छोरी पनि पक्कै मेरो आदर्श मान्नेछन तर त्यसको ठ्याक्कै बिपरित उनीहरुमा राजनैतिक र सामाजिक चेत फरक भैदियो तर हामीले त्यसलाई बेवास्ता नै गरिरह्यौं अभिभावकहरूले यस्तो प्रश्नलाई हठ, अशिष्टता वा अवज्ञा भनेर दवाउं खोजिरह्यौं ।
गुनासो चलिरह्यो “आजकलका केटाकेटी किन यस्ता भए ?” हामीले गुनासो मात्र गरिरह्यौं । विद्यालयमा उनीहरुले शिक्षकसंग यस्ता जिज्ञासा राख्न खोज्दा उनीहरुलाई माउ भन्दा चल्ला जान्ने/बाठा वा अनुशासन हिनताको उपमा दिन समेत पछी परेनौं । उनीहरु हामीलाई बुझ्न चाहेनन् किनकि उनीहरुको र हाम्रो धारणा फरक थियो । साथै हामीले उनीहरुलाई कहिल्यै बुझ्न खोजेनौ यसैको वास्तविकता थियो यो आन्दोलन। घरमा, समाजमा विद्यालयमा अस्वीकार गरिएको आवाज नभेटिएको उत्तर एकाकार हुँदै सडकमा पुग्दा, अन्तत त्यो सामूहिक विद्रोहमा परिणत भयो।
जेन–जि को हुन् ?
सन् १९९७ देखि २०१२ बीच जन्मिएका पुस्तालाई जेन-जि भनिन्छ। यिनीहरूलाई डिजिटल नेटिभ पनि भनिन्छ, किनभने इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जाल यिनको बाल्यकालमै सामान्य जीवनशैली बनेको थियो। यिनीहरुका बिशेषता :
नेपालमै पनि जेन–जि पुस्ताले शिक्षा, करियर, सामाजिक मूल्य र पारिवारिक संस्कृतिमा उल्लेख्य परिवर्तन ल्याइरहेको छ। उनीहरूले परम्परागत आज्ञापालनभन्दा बढी प्रश्न गर्ने संस्कृतिलाई रोजेका छन्। जुन प्रत्येक घरमा हामेली भोगेका छौं तर यस्तो बिद्रोह उठ्ला भन्ने परिकल्पना समेत गरेनौ ।
किन उठ्यो विद्रोहको ज्वारभाटा ?
नेपालमा दशकौँदेखि उस्तै समस्या दोहोरिँदै आएको छ-भ्रष्टाचार, राजनीतिक अस्थिरता, रोजगारीको अभाव, अनि शिक्षाको व्यावसायीकरण।
जेन-जि पुस्ताले यी समस्यालाई मौन सहन सकेन। उनीहरूले मागे, “हाम्रो भविष्य सुरक्षित होस्, हाम्रो श्रम र सीपलाई मूल्य दिइयोस्।” तर जब प्रणालीले उनीहरूको आवाजलाई बेवास्ता गर्यो, उनीहरूले विद्रोह रोजे।
यसपटकको विद्रोह कुनै नेता वा पार्टी को आह्वानबाट होइन, युवापुस्ताको सामूहिक चेतनाबाट जन्मिएको थियो।
विद्रोहको दुई पक्ष
यो सत्य हो, देशव्यापी आन्दोलनका क्रममा सम्पत्ति जलाइयो, सरकारी र निजी भवन तोडफोड भए। तर प्रश्न उठ्छ के त्यो सबैमा जेन-जि मात्र संलग्न थिए ?
सत्य के हो भने, बाह्य घुसपैठ, उक्साहट र अन्य स्वार्थ समूह एवं शक्ति पनि मिसिएका थिए। तर आन्दोलनको बीजारोपण भने जेन-जि ले नै गरेका थिए।
त्यसैले दोषारोपण मात्र गरेर जिम्मेवारी टार्न मिल्दैन। किनकि यो आन्दोलनको जरा हाम्रो आफ्नै घरमा थियो, समाजमा थियो।
अझै चुनौती बाँकी छ
पुरानो संरचना भत्काएकोमा मात्र उत्सव मनाउने बेला होइन। अबको ठूलो चुनौती के हो भने, हामी (जेन-एक्स र जेन-वाई) उनीहरूको दृष्टिकोणलाई स्वीकार गर्न तयार हुनै पर्छ ।
त्यसो भए अब के गर्ने ?
अन्तमा, जेन–जि पुस्ताको विद्रोह कुनै दुर्घटना थिएन, त्यो त अपरिहार्य थियो। घर–घरमा सल्किएको आगो अन्ततः मुलुकभर फैलियो र पुरानो संरचना भत्कायो। अब हाम्रो जिम्मेवारी के हो भने, यसलाई सकारात्मक दिशामा रूपान्तरण गर्ने।
हामीसँग दुई बाटा छन् : उनीहरुको दृष्टिकोणलाई आत्मसात् गरेर नयाँ, न्यायपूर्ण र समावेशी संरचना निर्माण गर्ने, वा फेरि अर्को आगोको प्रतीक्षा गर्ने। निर्णय हामी सबैको सामु छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )