• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण २०, मंगलबार (९ महिना अघि)

“वेष्ट पोइन्टको नर्सरीबाट ३.९१ जिपिएसम्मको यात्रा : बर्खा थापा-आत्मबल, अभिभावकत्व र अठोटको प्रेरणादायी कथा”

तस्विर: कृष्ण जिसी

  • १२६६ पटक पढिएको
  • सानो अनुहार, हँसिलो स्वभाव, होचो कद तर आत्मविश्वासले भरिपूर्ण ति बालिका- बर्खा थापा। बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–१० मा स्थायी ठेगाना भएकी उनी अहिले बेनी नगरपालिकामा आमासँगै बस्दैछिन्। आमाको मुहारमा ममता छ, आँखामा सपना र हृदयमा अठोट-आफ्नी छोरीलाई उज्यालो भविष्यतर्फ डो¥याउने अठोट। यही अठोट र स्नेहको आधारशिलामा उभिएर बर्खाले बनाइरहेकी छिन् आफ्नै जीवनको एउटा अनुपम उदाहरण।

    बर्खाले आफ्नो औपचारिक शैक्षिक यात्रा बेनीको न्यू वेस्ट पोइन्ट आवासीय मावि, बिरौटा स्थित नर्सरी कक्षाबाट सुरु गरिन्। उनको बोल्ने शैली सानैदेखि फरक थियो। उनको आवाजमा आत्मविश्वास थियो, शब्दमा स्पष्टता र उपस्थितिमा ऊर्जा। चित्रकलामा रुचि, नृत्यमा लचकता र उद्घोषणमा -प्रभाव यी सबैले उनलाई भीडभित्र छुट्याउने विशेषता प्रदान गर्यो।

    जिन्दगी सजिलो थिएन। आमा एक सानो व्यवसायमा संलग्न थिइन्। पौरख, माया र संघर्षको त्यो संसारमा हुर्किँदै गर्दा बर्खाले जीवनको मूल्य बुझिन्-जसले उनलाई अझै परिपक्व बनाउँदै लग्यो। विद्यालयमा हुने आन्तरिक परीक्षा हुन् वा विभिन्न प्रतिस्पर्धा, बर्खा जहिल्यै अग्रस्थानमा हुन्थिन्।

    २०८० सालको माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण, उनले वेस्ट पोइन्ट कलेजमा व्यवस्थापन समूहको अध्ययन सुरु गरिन्। फाइनान्स विषयलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय सानो थिएन। तर त्यो निर्णयमा अठोट थियो, “SEE भन्दा राम्रो नतिजा ल्याउनु पर्छ।”

    वातावरण फेरिएको थियो, समय नयाँ, साथीहरू नयाँ, शिक्षकहरू नयाँ, तर उही स्कूल। पढाइको स्तर गहिरिँदै गइरहेको थियो र बर्खा पनि बिस्तारै उमेरले, अनुभवले र संघर्षले परिपक्व हुँदै थिइन्।

    विद्यालयमा आयोजना हुने कार्यक्रममा मात्रै होइन, उनी अन्य संघसंस्थाहरूको मञ्चमा समेत उद्घोषकका रूपमा निखारिदै  गइन्। शब्दको सजावट, आत्मविश्वासपूर्ण आवाज, अनुशासित उपस्थितिले उनलाई नेतृत्वदायी व्यक्तित्व बनायो।

    अन्ततः, २०८२ सालको कक्षा १२ को बोर्ड परीक्षामा उनले ३.९१ जीपीए ल्याउँदै म्याग्दी र धौलागिरी क्षेत्रमै अग्रस्थान ओगटिन्। यो केवल अंकको सफलता थिएन  यो थियो एक सानो छोरी, एक मेहनती आमाको सपना साकार भएको क्षण।

    उनले पढ्ने मात्र होइन, खोज्थिन्,  पाठ्यपुस्तकसँगै अन्य स्रोतहरूमा डुब्थिन्। अध्ययन केवल कर्तव्य होइन, खोज र जिज्ञासाको प्रक्रिया थियो उनको लागि। यही अनुसन्धानात्मक शैली, यही निरन्तर अभ्यासले उनलाई सधैँ अगाडि बढ्न सघायो।

    आज, उनले प्रमाणित गरिन्  “यदि सपना छ, आँट छ, साथमा अभिभावकको माया र आफ्नै लगनशीलता छ भने, संसारमा असम्भव केही छैन।”

    बर्खा जस्ता विद्यार्थीहरू हाम्रो समाजका असल प्रेरणा हुन्। उनीहरू देखाउँदै छन्  उज्यालो भविष्य पुस्ता बनाउने बाटो विद्यालयका डेस्क, किताबका पाना र एक आमाको बलियो अँगालोबाट सुरु हुन्छ।

    उनको आगामी शैक्षिक यात्रामा सफलता र समृद्धिको शुभकामना !

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २ हफ्ता अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

    ३ महिना अघि

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

    ५ महिना अघि

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा


  • ७ महिना अघि

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

  • ७ महिना अघि

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

  • ८ महिना अघि

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

  • ९ महिना अघि

    कोदोको महत्व: परम्परा, पोषण र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution