• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

६ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

६ दिन अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ कार्तिक २२, शनिबार (५ महिना अघि)

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

तस्विर : सन्दिप श्रेष्ठ

  • २७४ पटक पढिएको
  • बेनी, कात्तिक-२२,  म्याग्दीको बेनीस्थित न्यू वेष्ट पोइन्ट विद्यालयले एक सातासम्म चलेको बृहत् खेलकुद सप्ताह शनिबार भव्य समारोहका बीच समापन गरेको छ। कात्तिक १७ गतेदेखि सञ्चालन गरिएको सो कार्यक्रम विद्यालयको खेल मैदानमा सम्पन्न भएको थियो।

    समापन समारोहका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले विद्यालयले गरेको बृहत् र व्यवस्थित खेलकुद कार्यक्रम सराहनीय रहेको बताउनुभयो। उहाँले न्यू वेष्ट पोइन्ट विद्यालयले जिल्लाको खेलक्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जिल्ला खेलकुद विकास समिति विद्यालयका यस्ता प्रयासमा सदैव सहयोग गर्न तयार रहने प्रतिवद्धता जनाउनुभयो।

    त्यसैगरी, विद्यालयका अभिभावक–शिक्षक संघकी अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष विष्णुकुमारी रोकाले खेलकुद केवल मनोरञ्जनको माध्यम नभई जीवनलाई अनुशासित, स्वस्थ र ऊर्जावान् बनाउने अभ्यास रहेको बताउनुभयो। उहाँका अनुसार खेलकुदले शरीरलाई मात्र तन्दुरुस्त राख्ने होइन, अनुशासन, सहयोग, सहनशीलता, समूह भावना, नेतृत्व क्षमता र आत्मविश्वास पनि विकास गराउँछ।

    कार्यक्रमका खेलकुद विभाग प्रमुख तथा खेल शिक्षक दिपेन राईले विद्यार्थीहरूलाई विद्यालयको मैदानमा मात्र सीमित नराखी जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागिता जनाउने सपना बोकेर विद्यालय अगाडि बढिरहेको बताउनुभयो। उहाँका अनुसार यस वर्षको खेलकुद सप्ताहमा कक्षा ३ देखि कक्षा १२ सम्मका करिब ७ सय विद्यार्थीले विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा चेस, टेबल टेनिस, सिनियर भलिबल, कराते, तेक्वान्दो, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो लगायतका ट्र्याक तथा फिल्ड खेलहरू समावेश गरिएको थियो।

    औपचारिक कार्यक्रमपछि ट्र्याक खेलहरूको फाइनल चरण सञ्चालन गरिएको थियो। अभिभावकहरूका लागि पनि विशेष खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। विभिन्न खेलमा विजयी विद्यार्थी र अभिभावकलाई प्रमुख अतिथि र अन्य अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो।

    समापन समारोहको अवसरमा मोंटेसरी र बाल विकास तहका साना बालबालिकाले आकर्षक नृत्य र ड्रिल प्रस्तुत गरेका थिए। सो अवसरमा तेक्वान्दो र करातेको काता प्रदर्शन तथा विद्यार्थीहरूको आकर्षक सांगीतिक प्रस्तुतिहरू पनि देखाइएको थियो। सम्पूर्ण विद्यार्थीको तर्फबाट कक्षा ११ की छात्रा अनिशा थापाले मन्तव्य व्यक्त गरेकी थिइन्।

    कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल, वडा नं. ७ का सदस्य सोहन श्रेष्ठ, गलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष माधव रेग्मी, बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ, वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका संस्थापक निर्देशकहरूलगायतको विशेष उपस्थित थियो।

    कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.लि.का संस्थापक निर्देशक सुबासकुमार श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रिन्सिपल डी.बी. दाहालको स्वागत मन्तव्य र +२ तहका भाइस प्रिन्सिपल कृष्ण जिसीको सञ्चालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

    २ महिना अघि

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

    ३ महिना अघि

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी


  • ४ महिना अघि

    बेनी नगरले जित्यो ११ औं जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता

  • ४ महिना अघि

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • ४ महिना अघि

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

  • ४ महिना अघि

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ६ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ६ दिन अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution