

बेनी, कात्तिक-२०, म्याग्दीको मंगला गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। गाउँपालिका कार्यालयको आयोजनामा मंगला -२ स्थित लाम्पाटा खेलकुद मैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीकी कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले गर्नुभयो।
गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, वडा नं. २ का वडाध्यक्ष धनबहादुर खाती, वडा नं. १ का वडाध्यक्ष एकजित रोका, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठलगायतका अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रमका वक्ताहरूले विद्यालय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले विद्यार्थीको खेलप्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो।
प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको छ। उद्घाटन खेल अन्तर्गत १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ महेन्द्ररत्न माविका विवेक नेपाली पहिलो, मंगला माविका बुद्धीबहादुर विक दोस्रो र सिद्धशान्ती माविका हविन फगामी तेस्रो भएका छन्।
विजेता विद्यार्थीहरूलाई कार्यबाहक प्रमुख डिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठलगायतका अतिथिहरूले पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको छ।
आजदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )