जलजला गाउँपालिकाले बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बालअधिकार, संरक्षण, सहभागिता र समग्र विकासलाई स्थानीय तहमा प्रभावकारी रूपले कार्यान्वयन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम विविध क्षेत्रका सरोकारवालाको सक्रिय उपस्थितिमाझ सम्पन्न भएको हो।
अभिमुखीकरणमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जिल्ला बाल संगठन पर्वतकाअध्यक्ष नवीन जीसी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा विभिन्न बाल समूहका संयोजक र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए। बालसुरक्षा, शिक्षा, स्वास्थ्य, संरक्षण तथा सहभागितामूलक योजना प्रक्रियालाई अझ सशक्त बनाउने प्रतिवद्धता कार्यक्रममार्फत जनाइएको छ।
जलजला गाउँपालिकाले बालमैत्री स्थानीय शासनलाई संस्थागत गर्दै बालमैत्री नीति तथा कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य राखेको जनाएको छ।
कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले गर्नुभयो। स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले दिनुभयो भने कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बिन्दु आचार्यले गर्नुभयो। कार्यक्रमको सहजीकरण परामर्शदाता यामबहादुर मेघाशीले गर्नुभएको थियो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )