
बेनी, मंसिर-१, अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि मुक्तिमार्ग माध्यमिक विद्यालय घारले जितेको छ। गाउँपालिका–८ नागीस्थित हिमाञ्चल माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिमार्ग माविले ८ स्वर्ण, ५ रजत र ५ कास्यसहित कुल १८ पदक जित्दै उपाधि हात पारेको हो।
प्रतियोगितामा सहभागी १२ विद्यालयमध्ये मुक्तिमार्ग माविले सबैभन्दा बढी पदक संकलन गर्दै शीर्ष स्थानमा रह्यो। विभिन्न खेल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको विद्यालयले लगातार दोस्रो पटक यो उपाधि जितेको विद्यालयका प्रधानाध्यापकले बताउनुभयो ।
प्रतियोगितामा ज्ञानप्रकाश माध्यमिक विद्यालय दानाले ७ स्वर्ण, ९ रजत र ३ कास्यसहित कुल १९ पदक जित्दै दोस्रो स्थान हात पारेको छ। त्यस्तै, प्रभा माध्यमिक विद्यालय नारच्याङले ४ स्वर्ण, ६ रजत र ४ कास्यपदक जित्दै तेस्रो स्थानमा रहेको छ।
पालिका भित्रका १० माध्यमिक विद्यालय र २ आधारभूत विद्यालयसमेत गरी १२ विद्यालयले छैठौं अन्नपूर्ण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएका थिए। तीन दिनसम्म चलेको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी लगायतका खेलहरुमा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिता समापन कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले विजेता तथा उपविजेता विद्यालयलाई ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो। उहाँले खेलकुदलाई विद्यार्थीहरूको सर्वाङ्गीण विकासको माध्यमका रूपमा लिइने बताउनुभयो।
“खेलकुद मात्र होइन, यसले विद्यार्थीहरूमा अनुशासन, टोली भावना र नेतृत्व क्षमताको विकास गर्छ,” अध्यक्ष पुनले भन्नुभयो, “गाउँपालिकाले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू निरन्तरता दिनेछ। यो प्रतियोगिताले पालिकाभरका विद्यार्थीहरूलाई प्रतिस्पर्धा र खेल संस्कृतिको विकास गर्न मद्दत पुगेको छ,” उहाँले भन्नुभयो।
पदक तालिका
| क्र. स. | विद्यालयको नाम | स्वर्ण पदक | रजत | कांस्य | स्थान | कैफियत |
|---|---|---|---|---|---|---|
| १ | मुक्तिमार्ग मा. वि. | ८ | ५ | ५ | प्रथम | |
| २ | ज्ञानप्रकाश मा. वि. | ७ | ९ | ३ | द्वितीय | |
| ३ | प्रभा मा. वि. | ४ | ६ | ४ | तृतीय | |
| ४ | शिख मा. वि. | ४ | ५ | ४ | ||
| ५ | सर्वोदय मा. वि. | ३ | २ | ४ | ||
| ६ | नारच्याङ आ. वि. | २ | २ | १ | ||
| ७ | हिमाञ्चल मा. वि. | १ | – | २ | ||
| ८ | पाउद्वार मा. वि. | १ | – | – | ||
| ९ | टिकोट मा. वि. | – | १ | २ | ||
| १० | कैलाश मा. वि. | – | – | ३ | ||
| ११ | आदर्श मा. वि. | – | – | १ | ||
| १२ | काफ्लडाँडा आ. वि. | – | – | – | ||
| जम्मा पदक संख्या | ३० | ३० | २९ |
🏆 श्री मुक्तिमार्ग मा. वि. घार
🏐 श्री शिख मा. वि. शिख
🤼 श्री प्रभा मा. वि. नारच्याङ
🤼 श्री प्रभा मा. वि. नारच्याङ
🏃 श्री ज्ञानप्रकाश मा. वि. दाना
🏃 श्री मुक्तिमार्ग मा. वि. घारसहभागी विद्यालयहरू
कुल सहभागी विद्यालय: १२













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )