
म्याग्दी, कत्तिक-२९, बेनी नगरपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ।
शनिबार सम्पन्न प्रतियोगितामा वेष्ट पोइन्टले २१ स्वर्ण, १५ रजत र १६ कास्य पदक जित्दै समग्र उपाधि हात पारेको हो।
गत वर्षको विजेता प्रकाश माध्यमिक विद्यालय यस वर्ष दोस्रो स्थानमा परेको छ। प्रकाशले समान २१ स्वर्ण, तर ११ रजत र ५ कास्य पदकसहित उपविजेतामा सीमित रह्यो।
तेस्रो स्थान बेनी सामुदायिक माध्यमिक विद्यालयले हासिल गरेको छ। सामुदायिकले १९ स्वर्ण, १५ रजत र १२ कास्य पदक जित्न सफल भयो।
एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ विधामा ६६ वटा खेल समेटिएको प्रतियोगितामा २७ विद्यालयका आठ सयभन्दा बढी विद्यार्थीले सहभागी भएका थिए।
तीन दिनसम्म चलेको प्रतियोगिताका विजेताले रु. ५१ हजार, रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः रु. ४० हजार र ३० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले जानकारी दिनुभयो।
पुरस्कार वितरण समारोहमा नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, तथा संयोजक चक्र केसीलगायतको उपस्थिति रहेको थियो। पुरस्कार वितरण कार्यक्रमको संचालन संयोजक चक्र केसीले गर्नु भएको थियो ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )