
जलजला, मंगसिर-१०, पर्वतको जलजला गाउँपालिकामा आयोजना गरिएको विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि मल्लाजमा सुरु भएको छ। तीन दिनसम्म विद्याज्योती माध्यमिक विद्यालयको परिसरमा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाका १५ विद्यालयको सहभागिता रहेको छ।
प्रतियोगितामा भलिबल, एथलेटिक्स र कवड्डी गरी ३० वटा विधामा प्रतिस्पर्धा हुनेछ। विजेताले रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र सहित ५० हजार रुपैयाँ पुरस्कार पाउने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख देवी रिजालले जानकारी दिनुभयो। यस्तै, उपविजेताले ३० हजार र तृतीय स्थान हासिल गर्ने विद्यालयले २० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
उद्घाटनका अवसरमा आयोजित मार्चपासमा बनौ मावि प्रथम भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय स्तरमै खेल प्रतिभाको पहिचान र प्रोत्साहनका लागि प्रतियोगिता प्रभावकारी हुने बताउनुभयो। त्यस्तै, उपाध्यक्ष दिपक आचार्यले प्रतियोगिताले जलजलाका खेलाडीहरूलाई प्रदेश र राष्ट्रीय स्तरसम्म पुग्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )