म्याग्दी, भदौ-२, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्ना र वडा नम्बर–५ झिँको सिमानामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो खस्दा दुई मजदुरको मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको आयोजनास्थलमा खसेको पहिरोमा परि पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्य थापाका अनुसार घटनास्थलमा खसेको सुख्खा पहिरोले मजदुरहरूलाई च्यापेको हो । मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेका छन् ।
घाइते मजदुरहरूको उद्धार गरी उपचारका लागि बेनी अस्पतालतर्फ ल्याइँदै गरिएको छ । मृतकको ठेगाना र घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )