बेनी, भदौ-७, म्याग्दीको बेनीमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय अन्तर–मावि माउन्ट जिके ओलम्पियाड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नियम र मान्यताअनुसार आयोजित उक्त प्रतियोगितामा म्याग्दीका २२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयका प्रशिस रिजाल प्रथम हुन सफल भएका छन् । सोही प्रतियोगितामा बेनीस्थित लिटिल गार्डेन बोर्डिङ स्कुलका प्रशान्त सुवेदी द्धितीय, प्रकाश मावि बेनीकै अभिषेक केसी तृतीय, र सान्त्वना स्थान पनि लिटिल गार्डेन बोर्डिङ स्कुलले प्राप्त गरेको छ ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको आयोजक विद्यालयका कार्यक्रम संयोजक सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
कार्यक्रमका सह–प्रायोजक जे भी स्टेशनरीका साथ सम्पन्न प्रतियोगितामा प्रमुख अतिथी तथा बेनी नगरपालिकाका प्रवक्ता रमेश श्रेष्ठले फरक शैलिमा आयोजित यो कार्यक्रमले विद्यार्थीको प्रतिभा पहिचान र क्षमतामापनमा टेवा पुर्याउने बताउनुभयो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी म्याग्दीका कोषाध्यक्ष नवराज पौडेलले सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
यस्तै, माउन्ट एभरेष्ट आवासीय विद्यालयका प्राचार्य राजु केसीले प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रदेश र राष्ट्रिय स्तरीय ओलम्पियाड प्रतियोगितामा सहभागी गराइने जानकारी दिनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )