बेनी, भदौ-७, म्याग्दीको सदरमुकाम बेनी नगरपालिका–२ हाँडेभीरमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पाँच वर्षीय बालकको उपचार क्रममा मृत्यु भएको छ ।
बेनी, भदौ-७, म्याग्दीको सदरमुकाम बेनी नगरपालिका–२ हाँडेभीरमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पाँच वर्षीय बालकको उपचार क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार शनिवार मध्यान्ह करिब १२ बजे बेनी–बागलुङ सडकखण्डमा ध २ प ६९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेनी नगरपालिका–३ खानीडाँडा घर भई हाँडेभीर बस्दै आएका केविन परियार गम्भीर घाइते भएका थिए ।
घाइते परियारलाई प्रारम्भिक उपचारपछि बेनी अस्पतालबाट पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । तर शनिवार साँझ करिब ५ बजेर १० मिनेटमा उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक बेनी नगरपालिका–२ खवराका विसन सापकोटा र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )