• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १६, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ घण्टा अघि
२

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ घण्टा अघि
३

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ घण्टा अघि
४

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ दिन अघि
५

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

२ दिन अघि
६

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
७

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

५ दिन अघि
८

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१ हफ्ता अघि
९

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ हफ्ता अघि
१०

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

२ हफ्ता अघि
११

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

२ हफ्ता अघि
१२

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ मंसिर १६, मंगलबार (१ घण्टा अघि)

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

तस्विर डिजाइन कृष्ण जिसी

  • ३ पटक पढिएको
  • मंसिर महिनाको नाम सुन्नासाथै आज पनि मेरो मन फुरुङ्ग हुन्छ। यो महिनासँग गाँसिएका भावनाहरू, सम्झनाहरू र ती बाल्यकालका रमाइला दिनहरू सम्झिँदा मन कतै टाढा-घरको डिल, लेकाली हावा र पहाडे घामको बाहुलीमा पुगेर अड्किन्छ।

    त्यतिबेला मंसिरको १५–२० तिर विद्यालयको वार्षिक परीक्षा सकिँदै हुन्थ्यो। लेकाली बस्तीमा यसै पनि मंसिर लागेपछि चिसोले सताउन थाल्थ्यो। बिहानको कोमल घाम, गहुँ–जौ उम्रिएर दुईपाते भएको बारी, अनि डिलैभरि फुलेका पैयुँका बोटयी सबै मिलेर मन पुलकित बनाउँथे। फुर्सदका दिनमा डन्डीबियो (हामीले लारी बियो भन्थ्यौँ) खेलेर गर्ने रमाइलो, यी सबै मिलेर मंसिरको हिउँदे फुर्सदिलो दिनलाई स्वर्गसरी बनाउँथे।

    त्यतिबेला हाम्रो एउटै ठूलो रमाइलो चलन हुन्थ्यो-‘बनभात खाने’। आजको पिकनिकजस्तो भड्किलो पनि होइन, कुनै खर्च चाहिने पनि होइनतर मुटुभरि, मनभरि आनन्द दिने, साँच्चिकै जीवन सिकाउने।

    पहिले सल्लाह हुन्थ्यो कुन दिन जाने? त्यसपछि—कहाँ? ठाउँ खोज्दा पानीछेउ, घाम लाग्ने, दाउरा सजिलै पाइने ठाउँ नै छानिन्थ्यो। कुनै कुरा किन्नुपर्दैनथ्यो; सबैले घरबाट थोरै–थोरै लिएर जान्थे—चामल, मासको दाल, लेकको आलु, साग, नुनका ढिका, खुर्सानीका घोँगा, अदुवाका पाना, अनि घिउ। यही नै हाम्रो भोजभतेरको परिकार थियो। थाल आफ्नै; पानी ओसार्ने जर्किन; दाउरा काट्ने आँसी। बस, यत्तिकै।

    हाम्रो टोली प्रायः ‘डिलपरी’ जान्थ्यौं घाँसे पाटो छेउ, पाहरिलो पानीको मुहान नजिकै। दाउरा प्रशस्त पाइने, रमाइलो खेल्ने ठाउँ पनि उस्तै। साथीहरू मेरा भाइहरु, बाबुराम, बिट्टू, रमेश, जिवन दाइ, पार्वती दिदी, राम थापा, दिपु, रन्जु… सबैको चेहरा अझै आँखामा छ।

    चुलेत्रोको तेर्सो परेको रूख जहाँ खूब हल्ली खेलिन्थ्यो, साथीभाइहरूसँग यो कथा सुन्दै हुनुहुन्छ भने याद आयो होला नि, हैन र? यी सबै कुरा आफैंमा ठूलो खेलमैदान जस्तै लाग्थ्यो। कोही पँधेरोतिर पानी लिन दौडिन्थे, कोही घाँसे डिलमै आगो सल्काउन थाल्थे। सर्वाधिक रोमाञ्चक कुरा घरबाट ‘सलाईका २–४ वटा मात्रै’ काँटी गनेर ल्याइन्थ्यो। यदि नबले… त्यो दिन बनभात नै नपाक्ने! यस्तो अवस्था कसलाई कसलाई पर्यो होला?

    आगो बल्यो भने संसार उज्यालो हुन्थ्यो। भात पाक्दै गयो, घिउको सुवासले जंगलै मिठासिन्थ्यो।

    मासको दाल, कोमल साग र आलुको तरकारीआज सम्झिँदा मात्रै पनि मन पेटभरि मज्जाले खाएझैँ तृप्त हुन्छ।

    सबैलाई बराबर भाग लगाइन्थ्यो। पेटभरि, मनभरि खान्थ्यौँ। भाँडा माझेर फेरि हल्ली–खेल्ली गर्दै डन्डीबियो खेलमा रमाइन्थ्यौँ। घर फर्कँदा थालको कुनामा राखिदिएको “अलिकति घिउ, अलिकति भात” हाम्रो प्रेम, सहकार्य र साझेदारीको अदृश्य सम्झना नाचिरहेको हुन्थ्यो। बेलुका थाल बजाउँदै उफ्रदै घरमा पुगिन्थ्यो शरीरमा थकान भन्दा पनि आनन्दको अनुभूति कति हो कति!

    मंसिर लागेपछि आज पनि ती दिनहरू मनमा उस्तै ताजै हुँदै उठ्छन् मंसिर मात्र होइन, साथीहरू, उमंग, हाँसो, जंगल, बुट्यान, चौर सबै कुरा फनफनी घुम्छन्। बचेका दाउरा दन्दनी बालेर ओइरीपरी बसेर तापेका न्यानो पलहरू, सबै कुरा एकैसाथ ओइरिन्छन् सम्झना बनेर।

    समय धेरै फेरियो।

    बनभात अहिले ‘पिकनिक’ भयो।

    खानाका परिकार बढे, तर आत्मीयता घट्यो।

    पकाउने मान्छे छुट्टै, भाँडा माझ्ने मान्छे छुट्टै।

    मासुको गन्ध, मसला र कोलाहलले पुरानो मौलिकता कतै हराइदियो।

    तर हामीले सिकेका मूल्यहरू

    आगो बाल्ने कला, भाँडा माझ्ने बानी,

    समूहमा काम गर्ने क्षमता,

    र एकै थालमा बसेर धीत मर्नुञ्जेल खाने सादगी—

    यी कहिल्यै पुराना भएका छैनन्।

    साथीहरू छुटे, ठाउँ बदलियो, समय बदलियो। तर त्यो उमेर, त्यो आनन्द, त्यो आत्मीयता र बनभातको सुगन्ध मंसिर लागेपछि आज पनि मन भित्र कतैबाट भन्छ,

    “हेर त, तिमी फेरि त्यही डिलपरी पुगेका छौ…”

     

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २ महिना अघि

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

    २ महिना अघि

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

    २ महिना अघि

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap


  • ३ महिना अघि

    “वेष्ट पोइन्टको नर्सरीबाट ३.९१ जिपिएसम्मको यात्रा : बर्खा थापा-आत्मबल, अभिभावकत्व र अठोटको प्रेरणादायी कथा”

  • ४ महिना अघि

    कोदोको महत्व: परम्परा, पोषण र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड

  • ४ महिना अघि

    कृषिमा जीवन, खिरमा मिठास : खीरको स्वादभित्र लुकेको किसानको संघर्ष

  • ४ महिना अघि

    खिर दिवस : नेपाली समाजको सांस्कृतिक मिठास र स्वास्थ्य चेतना

  • समाचार
  • १

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ घण्टा अघि

  • २

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ घण्टा अघि

  • ३

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ घण्टा अघि

  • ४

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ दिन अघि

  • ५

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    २ दिन अघि

  • ६

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ७

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    ५ दिन अघि

  • ८

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    १ हफ्ता अघि

  • १०

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution