• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ हफ्ता अघि
३

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
४

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
५

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
६

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
७

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
८

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
९

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि
१०

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ महिना अघि
११

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१ महिना अघि
१२

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
प्रकाशित मिति: २०८२ मंसिर २०, शनिबार (५ महिना अघि)

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

तस्विर : साधन राम्जाली

  • १३० पटक पढिएको
  • बेनी, मङ्सिर-२०,  म्याग्दी सदरमुकाम बेनीस्थित बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २६‌औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारण सभासँगै संस्थाले विभिन्न व्यक्ति, संस्था तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ भने गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई रु. ३० हजार १०० आर्थिक सहयोग प्रदान गरिएको छ। सहयोग राशी आश्रमका अध्यक्ष बमबहादुर पुनलाई हस्तान्तरण गरिएको हो।

    साधारणसभामा पूर्व अध्यक्षहरू रेशम बानियाँ, माधवप्रसाद रेग्मी, हरिकृष्ण श्रेष्ठ, सुवासकुमार श्रेष्ठ, कार्यालयका उत्कृष्ट कर्मचारी प्रबन्धक यामबहादुर विक, उपभोक्ता यामबहादुर बानियाँ, साथै संस्थालाई सहयोग गर्ने बराहपाखो सामुदायिक वन उपभोक्ता समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका लगायतका संस्थालाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको हो।

    उत्कृष्ट कर्मचारी प्रबन्धक यामबहादुर विकलाई रु. ७,५०० नगद, दोसल्ला र प्रशंसापत्र प्रदान गरिएको थियो। पुरस्कार तथा सम्मानपत्र प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, संस्थाका अध्यक्ष रमेश गिरी लगायतका अतिथिहरूले वितरण गर्नुभयो।

    बेनी नगरपालिका वडा नं. ७, ८ र २ हाँडेभीर क्षेत्रमा बसोबास गर्ने करिब २२ हजार जनसङ्ख्या गुणस्तरीय खानेपानीको पहुँचमा रहेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा निजी, सरकारी तथा संस्थागत गरी १,३०० घरधुरीले ४३ करोड १४ लाख ४४ हजार लिटर पानी प्रयोग गरेका छन्।

    सोही अवधिमा संस्थाले खानेपानी बिक्रीबाट रु. १ करोड ९५ लाख ४४ हजार ६९६ आम्दानी गरेको छ भने रु. १ करोड ५८ लाख ६१ हजार ४४७ खर्च भएको कोषाध्यक्ष टंकप्रसाद हमालले जानकारी दिनुभयो। यसै आर्थिक वर्षमा नगर विकास कोषलाई पहिलो चरण र पुनर्निर्माण आयोजनाबाट रु. १९ लाख ५६ हजार ९०० भुक्तानी गरिएको छ भने रु. ४९ लाख ७४ हजार भुक्तानी बाँकी रहेको जानकारी दिइएको छ। संस्था हाल रु. २ करोड ९८ लाख ६६ हजार ३०० बैङ्क तथा नगद मौज्दात रहेको छ।

    उद्घाटन क्रममा प्रजिअ तिवारीले शुद्ध खानेपानी वितरणमा प्रशासन सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्दै मूहान संरक्षण र खानेपानी आयोजनाको स्तरोन्नति अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी, राष्ट्रिय साना शहरी खानेपानी महासङ्घका कोषाध्यक्ष रक्षा भट्टराई, गण्डकी प्रदेश अध्यक्ष बिमला पहारी, लेखनाथ खानेपानी संस्थाका अध्यक्ष मुरारी शर्मा, जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूले संस्थाको प्रयासको प्रशंसा गर्नुभयो।

    संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार प्रति सेकेन्ड ३० लिटर पानी भण्डारण क्षमता रहेको सेडिमेन्टेशन ट्यांकी, स्लो स्यान्ड फिल्टरलगायतका पूर्वाधार निर्माण भई सेवा विस्तार भइरहेको छ। अन्नपूर्ण गाउँपालिका–८ का पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट नियमित रूपमा खानेपानी आपूर्ति भइरहेको छ।

    कार्यक्रम उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको स्वागत मन्तव्यमा सुरु भएको थियो भने सचिव केशवप्रसाद रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष हमालले आर्थिक प्रतिवेदन तथा सचिव रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • २

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ हफ्ता अघि

  • ३

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ४

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ५

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • ७

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • ८

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ महिना अघि

  • ९

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ महिना अघि

  • १०

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution