
बेनी, मंगसिर-१५, म्याग्दीको बेनी नगरपालिका–४, सिंगाको घुमाउने भीरमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन्। मंगलबार राति करिब २ बजेर ३० मिनेट जाँदा भैरहवाबाट म्याग्दीको मालिका गाउँपालिका–६, दरवाङतर्फ गइरहेको ग दुइ ख सुन्य आठ चालिस नम्बरको ट्रक साँघुरो मोड काट्ने क्रममा नियन्त्रण गुमेर करिब ६० मिटर तल म्याग्दी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।


दुर्घटनामा पाल्पा तानसेन नगरपालिका–८, मदनपोखराका ३४ वर्षीय चालक गोबिन्द बहादुर खाम्चा, घाइते भएका छन् । घाइतेको निधारमा चोट लागेको र शरीरका विभिन्न भागमा ददारीएको छ चालकलाई सकुशल उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याएको प्रहरीले बताएको छ। चालकको अबस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
ट्रकमा ३४० बोरा सिमेन्ट लोड गरिएको थियो। दुर्घटनापछि चालक ट्रकसहित खोलामा फसेको सूचना पाएलगत्तै प्रहरी चौकी सिंगातातोपानीबाट प्रहरी टोली खटिएको थियो। दुर्घटना रातिमा भएकाले ट्रक म्याग्दी खोलामै पल्टिएको अवस्थामा रहेको र केही सिमेन्टका बोरा भीरमा अड्किएको तथा केही खोलामा परेको प्रारम्भिक जानकारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल प्रहरी चौकी सिंगातातोपानीबाट करिब २ किलोमिटर पश्चिम पर्छ। ट्रक निकाल्ने प्रयास आज बिहानदेखि चलिरहेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानाकारी दिनुभएको छ ।













जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )