

म्याग्दी, मङ्सिर-१९, CYC बचत तथा ऋण सहकारी संस्था, बेनी सेवा केन्द्रको १६औँ वार्षिक साधारण सभा आज शनिबार बेनीस्थित जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ।
कार्यक्रममा सहकारीसँग आबद्ध पदाधिकारी, सदस्य तथा आम शेयर सदस्यको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति, आगामी योजना तथा नीतिगत विषयमा विस्तृत छलफल गरिएको थियो।
साधारण सभाका प्रमुख आकर्षणकै रूपमा विभिन्न श्रेणीका उत्कृष्ट सदस्य र योगदानकर्ताहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा ज्येष्ठ नागरिक ८० वर्ष नाघेका झरी उपाध्याय र टेकबहादुर गर्बुजा, अशल ऋणी मिठु थापा मगर सापकोटा, सुरज कुमार श्रेष्ठ र धनञ्जय कुमार श्रेष्ठ, असल बाल बचतकर्ता समाइरा खत्री, अशल उद्दमी उमेश मल्ल, अशल बचतकर्ता राजु सुवेदी, अशल सदस्य पवी सुवेदी लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रममा लेखा समितिका संयोजक पद्मपाणी शर्माले लेखा प्रतिवेदन, कोषाध्यक्ष ईश्वर श्रेष्ठले आय–व्यय विवरण, तथा संचालक समितिका केन्द्रीय प्रतिनिधि एवं सचिव ज्ञानेन्द्र पन्तले संस्थाको समग्र कार्यप्रगति, उपलब्धि तथा आगामी रणनीतिबारे रिपोर्ट प्रस्तुत गर्नुभयो।
त्यस्तै, साधारण सभाको अवसरमा शेयर सदस्य गंगा रेग्मी तथा सम्मानित व्यक्तित्वको तर्फबाट उमेश मल्लले कार्यक्रमप्रति आभार प्रकट गर्दै मन्तव्य व्यक्त गर्नुभयो। आर्थिक वर्ष २०८१ /८२ मा बेनी सेवा केन्द्रको कुल पूँजी २ करोड ६ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको जानकारी प्रस्तुत गरिएको थियो। कार्यक्रम बेनी सेवा केन्द्रका संयोजक भिमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमको सञ्चालन सचिव माधव प्रसाद आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह–संयोजक इन्दिरा शर्मा आचार्यले राख्नुभएको थियो। साधारण सभाले सहकारीको सदस्यता विस्तार, वित्तीय सुदृढीकरण, सेवा प्रवाहको सुधार तथा सदस्यमुखी कार्यक्रमहरू अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै समापन भएको बेनी सेवा केन्द्रले जनाएको छ।












जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )