बेनी, असार-१०, म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार आयोजित १७औँ नगर सभामा उपप्रमुख ज्योति लामिछानेले चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटमा संघीय समानीकरण अनुदान अन्तर्गत ११ करोड ६३ लाख, संघीय राजस्व बाँडफाँडबाट ९ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार, र सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार रुपैयाँ समावेश गरिएको छ।
त्यस्तै, संघीय सशर्त कार्यक्रमतर्फ ३७ करोड ४२ लाख, गण्डकी प्रदेशको सशर्त विशेष अनुदानतर्फ एक करोड २ लाख, संघीय सरकारको सम्पूरक अनुदान ६५ लाख, विशेष अनुदान ६९ लाख रुपैयाँ र आन्तरिक आम्दानीतर्फ चार करोड ३३ लाख ५० हजार रुपैयाँ समावेश गरिएको छ। मालपोत रजिष्ट्रेशन बाँडफाँडतर्फ ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम पनि समेटिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो।
नगर प्रमुख सुरत केसीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम तयार पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार नीति तथा कार्यक्रम पारित भइसकेको छ भने बजेट प्रस्तावमाथि छलफलपछि पारित गरिनेछ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )