• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ अषाढ ११, बुधबार (१ साल अघि)

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

तस्विर : देवी जिसी

  • ६९५ पटक पढिएको
  • देवी जि.सी. /बेनी, असार-११, स्थानीय स्रोत र सीपको प्रयोगमार्फत महिला सशक्तिकरणको लक्ष्यसहित म्याग्दीमा सञ्चालित अल्लो कपडा बुन्ने महिला हस्तकला तालिम सफलतापूर्वक सम्पन्न भएको छ। डिभिजन वन कार्यालय म्याग्दीको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यम विकास समितिको समन्वयमा सम्पन्न तालिम जेठ ४ गतेदेखि सञ्चालनमा आएको हो।

    तालिममा म्याग्दीका विभिन्न सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध १० जना महिलाहरू सहभागी भएका थिए। उनीहरूले अल्लोको रेशा निकाल्ने, धागो बनाउने र त्यसलाई कपडामा रूपान्तरण गर्ने सम्पूर्ण प्रक्रिया व्यावहारिक रूपमा सिकेका थिए। प्रशिक्षक नेकसरा पुन र दिलमाया घतानेले तालिम सञ्चालन गर्नुभएको थियो।

    तालिमको समापन कार्यक्रम असार  ११ गते आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    समापन समारोहमा मन्तब्य ब्यक्त गर्दै  डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु प्रसाद अधिकारीले भन्नुभयो: “हाम्रा वनबाट प्राप्त हुने जैविक स्रोतहरूको जिम्मेवार प्रयोग गरेर समुदायमै रोजगारी सिर्जना गर्न सकिन्छ। यो तालिम त्यसको उत्कृष्ट उदाहरण हो। महिलाहरूले सिकेको यो सीप दीर्घकालीन रूपमा उपयोगी हुनेछ।”

    त्यस्तै, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठले स्थानिय स्रोतमा आधारित उद्यम नै दिगो आर्थिक विकासको आधार हो। तालिमपछि उत्पादनलाई बजारीकरण गर्न संघले आवश्यक परामर्श र सहयोग गर्न तयार छ। महिलाहरू अब स्वरोजगारको बाटोमा लाग्ने विश्वास रहेको बताउनुभयो छ।”

    कार्यक्रममा महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठको संचालन र  अम्बिका श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। प्रशिक्षार्थी तर्फबाट टकसरा रानाले अनुभव सुनाउँदै तालिमले आत्मविश्वास बढाएको बताउनुभयो ।

    कार्यक्रममा सहभागी सबै महिलाहरूलाई सीप आर्जनको प्रमाणपत्र वितरण गरिएको थियो। प्रशिक्षक, आयोजक र सरोकारवाला सबैले तालिमपछिको उत्पादनलाई बजारसम्म पुर्‍याउने, गुणस्तर सुधार गर्ने र सामूहिक ब्रान्डमार्फत विकास गर्ने आवश्यकतामा जोड दिएका छन् ।

    सहभागी महिलाहरूले अब आफूहरूले सिकेको सीप प्रयोग गरी घरमै बसेर उत्पादन गर्न सकिने, र उत्पादन विक्री गरी आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्। यो तालिम महिलाहरूमा सिर्जनात्मकता, उद्यमशीलता र आत्मनिर्भरताको भावना विकास गर्ने महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरिएको लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    १ हफ्ता अघि

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

    २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

    १ महिना अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद


  • १ महिना अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • ३ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution