• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २२, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

२ दिन अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

३ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

४ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

४ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

६ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
कृष्ण जिसीप्रकाशित मिति: २०८१ पौष ९, मंगलबार (१0 महिना अघि)

निरुता बुढाथोकी: व्यस्तताको शक्ति र जीवन व्यवस्थापनको प्रेरणा

निरुता बुढाथोकी

  • १०३७ पटक पढिएको
  • कृष्ण जि.सी. एउटा मान्छेले कति सम्म काम गर्न सक्तछ ? उत्तर आआफ्नै हुन सक्तछन् । कसै कसैले काममा संधै अल्झिई रहने  गरेकोले ब्यस्त भएको भन्छन । व्यस्तता भन्नाले कुनै व्यक्तिको समय, ऊर्जा, र ध्यान एउटा वा धेरै काममा समर्पित भएको अवस्थालाई जनाउँछ । अस्तव्यस्तता भन्नाले अव्यवस्थित अवस्था वा कुनै काममा अनुशासन, योजना, र व्यवस्थापनको अभावलाई जनाउँछ । आफुलाई ब्यस्त राख्ने बानीले काममा केन्द्रित हुन, उत्पादकत्व  बढाउन र   समयको प्रभावकारी उपयोग गर्न सिकाउँछ । अस्तव्यस्त भयोभने काम बिग्रने, समयको दुरुपयोग, तनाव बढ्ने हुन्छ । व्यस्तता सफलताको आधार हो भने अस्तव्यस्तता असफलताको संकेत हुन सक्छ ।

    कहिलेकाहीं  अरुलाई हेरेर उनीहरुको कार्य शैलीलाई देखेर पनि धेरै प्रेरणा मिल्छ ।त्यस्ता प्रेरणा मिल्ने एक व्यक्ति हुन निरुता बुढाथोकी ।उपलब्धि भन्ने कुरा ठुलो हैन तर जीवनलाई ब्यबस्थित बनाएर लगियो भने खुसि मिल्छ । उपलब्धि त अनिवार्य हो भन्ने उनको जीवन शैलीबाट बुझ्न सकिन्छ । एउटा २४/२५ वर्षको युवती पढाई जागिर  र अभिभावकत्व निभाउँदै  सबै क्षेत्रमा अब्बल युवती हुन् निरुता बुढाथोकी । परिवारकी जेठी छोरी निरुता बुढाथोकीका दुइ बहिनि छन्। म्याग्दीको मंगला गाउँपालिका -२,कुहुँ स्थायी ठेगाना भएकी निरुताका दुइ बहिनि निलम र निलिमा हुन् । कान्छी बहिनि निलिमालाई दुइ दिदीले मायाले “कान्छो” भनेर बोलाउदछन् । बुवा बैदेशिक रोजगारीबाट फर्केपछि पोखरामा कृषि  तथा पशुपन्छी फर्म संचालन गरेर बस्नुभएको छ। उनकी आमा पनि संगै पोखरा मै हुनुहुन्छ । निरुता बेनीमा आफ्नो पढाइ, जागिर र दुइ बहिनिको अभिभावकत्व सम्हालेर बसेकी छिन ।

    म्याग्दीको सदरमुकाम बेनी स्थित न्यु वेष्ट पोइन्ट विद्यालयबाट वि.सं.  २०७३ सालमा एसईई  उत्तीर्ण गरे पश्चात कक्षा ११ र १२ मा लिभरपुल इन्टरनेसनल कलेज काठमाडौँबाट  विज्ञान विषय लिएर पढेकी उनि क्याम्पस तहमा भने ब्यबस्थापन विषय लिएर पुन: वेष्ट पोइन्ट कलेज मै भर्ना भइन र स्नातक तह अध्ययन शुरु गरिन । उनको ब्याचमा ९० प्रतिशत विद्यार्थीहरु वेष्ट पोइन्ट कलेजकै SEE र SLC ब्याचका थिए ।  स्नातक तह पहिलो  र दोश्रो वर्ष वेष्ट पोइन्टमा अध्ययन गर्दा बिहानको समयमा संचालन हुने कलेजमा संधै भरी समयमा उपस्थीत हुन्थिन । उनलाई दोश्रो वर्षमा मानव संसाधन ब्यबस्थापन (Human Resource Management) पढाउने शिक्षक कृष्ण जिसीले उनि कक्षामा अत्यन्तै सक्रिय र अन्तरक्रिया गर्ने विद्यार्थी भएको बताउछन् । वेष्ट पोइन्ट कलेजले स्नातक तहको भर्ना बन्द गरेपछि तेश्रो वर्षमा उनि सहित २३ जना नजिकैको म्याग्दी बहुमुखी क्याम्पसमा  स्थानान्तरण भएका थिए । मेहेनेती ब्यक्तीलाई जहाँ  गएपनी कुनै कुराले अफ्ठेरो पार्दैन । त्यहाँ पनि उनि सजिलै संग घुलमिल भइन । स्थानान्तरण भएको वर्ष नै म्याग्दी क्याम्पसले शैक्षिक गुणस्तर बृद्दीको लागि विद्यार्थीको Quality Circle गठन गर्यो उनि त्यसको संयोजक भइन । क्याम्पसमा हुने हरेक कार्यक्रम र अन्य अतिरक्त क्रियाकलापमा उनको सहभागिता सक्रिय र सम्मानित रहँदै गयो । उनि क्याम्पस र प्रदेश अनि राष्ट्रिय स्तरमा आयोजना हुने कबिता प्रतियोगिता र लेखन प्रतियोगितामा सहभागी र पुरष्कृत हुँदै गइन् संगसंगै पढाइलाई पनि सन्तुलित बनाउन सफल रहिन ।

    पढाइ संगै उनले शिक्षणकार्य शुरु गरिन । उनले पढेको विद्यालयले उनलाई शिक्षणको लागी बोलायो । उनि पढाइमा अब्बल भएकोले बोलाउनु पनि स्वाभाविक थियो । उनि दिउसोको समयमा अध्यापन यानेकी पढाउन थालिन । उनको जीवनमा अव काम, पढाइ, अभिभावकको भूमिका यी सबै कुराको ब्यबस्थापनमा चुनौती थपिंदै गयो । बिहान क्याम्पसको कक्षा लिन जानु दिउँसो शिक्षणको काम, त्यसैमाथी निजि विद्यालयमा अलिक बढी समय दिनुपर्ने ।  कहिले मिटिंग, कहिले अतिरिक्त क्रियाकलाप अनि घरमा दुइवटा बहिनीको अभिभावकत्व । साँच्चिकै समय ब्यबस्थापनगर्न त्यति सजिलो भने थिएन । तर उनले सजिलै त्यसलाई ब्यबस्थापन गरिन । उनि स्वाभावाले नयाँ कुरागर्न चाहने र नयाँ शैली अपनाउन खोज्ने सृजनात्मक युबती  हुन् । उनले पढ्ने क्याम्पसमा शिक्षक, क्याम्पस प्रशाशन र ब्यबस्थापन पक्षको संधै  प्रोत्साहन र प्रेरणा पाइन् । कामगर्ने ठाउँमा उनलाई चुनौती थियो । आफुलाई पढाएका गुरुहरु संगसंगै पढाउनुपर्ने । उनलाई त्यो पनि सहज लाग्यो भन्छिन “आफ्नो समय र अहिलेको समयलाई फ्युजन गरेर कामगर्न दुइ कालको भावना बुझ्न पर्दो रहेछ । ”

    बिहान क्याम्पस दिउँसो विद्यालय त्यसबाहेक अन्य अतिरिक्त क्रियाकलाप बहिनीहरुको अभिभावकत्व त्यति सजिलो कहाँ छ र । उनका बुवा आमाले उनलाई थप जिम्मेवारी बनाउन उनलाई छोडिदिएको हुनुपर्छ । यी सबै कुरालाई समायोजन गर्दै स्नातक तह उत्कृष्ट अंकका साथ उत्तीर्ण गर्न सफल भईन । क्याम्पस प्रशाशनले उनलाई Student Quality Circle मा रहेर उत्कृष्ट कार्य गरेकोमा सम्मान समेत गर्यो । सोहि वर्ष उनलाई वेष्ट पोइन्ट विद्यालयले उत्कृष्ट शिक्षक Best Teacher को रुपमा सम्मान गर्यो । बहिनीहरुको पढाइ पनि उत्कृष्ट छ । कक्षामा संधै पहिलो, दोश्रो, तेश्रो  स्थान भन्दा कहिल्यै तल ओर्लन परेको छैन । स्नातक तह पुरा गरे पश्चात उनलाई निजामति सेवामा प्रवेश गर्न इच्छा छ । उनले त्यो पनि सहजै गर्न सक्नेछिन किनकि उनलाई समयले सबै सिकाइरहेको छ ।  आत्मविश्वास, मिहिनेत, समय ब्यबस्थापन केहो भने उनलाई ज्ञात छ ।

    उनको अनुहारमा कहिल्यै चिन्ता, पिडा थकान र तनाव देखिदैन । भएर पनि नदेखाएकी हुन् वा छदै छैन त्यो उनलाई नै थाहा छ । तर हामीले हेर्दा र निरुतालाई बुझ्दा उनि कामलाई धर्म सम्झने, तनावालाई काम सम्झने काम गर्दै जाँदा जति सकिन्छ त्यति गर्दै जाने निरन्तर प्रयास गरिरहने स्वाभाव भएकी व्यक्ति हुन् ।उनलाई नजिकैबाट नियालेका शिक्षकको भनाइ अनुसार उनलाई अध्ययनको क्रममा कहिल्यै तेश्रो भन्दा तल पर्नु परेन । जुन कामको जिम्मेवारी दिएपनि कुनै तनाव नलिइकन सहजै स्वीकार गरी सम्पन्न गर्ने स्वभाव छ उनको । अत्यन्तै जिम्मेवारी, इमान्दार र परिश्रमी निरुताले  बुवाबामालाई भरोशा, बहिनीहरुलाई असल संस्कार र अभिभावकत्व प्रदान गरेकी छिन । उनले भन्ने गर्छिन  हामीले व्यस्तता तर्फ ध्यान दिई अस्तव्यस्ततालाई हटाउन प्रयास गर्नुपर्छ । जीवनलाई ब्यबस्थित बनाउन एउटा उखान छ “खाँदा खाँदै भाग सकिन्छ, गर्दा गर्दै काम सकिन्छ “ हो त्यसरीनै निरन्तर योजना बनाएर  कममा लगियो भने व्यस्त भइन्छ । “निरुताको यो भनाइ र गराइले युवा युवतीलाई ठुलो प्रेरणा मिल्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
    १ महिना अघि

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

    १ महिना अघि

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

    १ महिना अघि

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap


  • ३ महिना अघि

    “वेष्ट पोइन्टको नर्सरीबाट ३.९१ जिपिएसम्मको यात्रा : बर्खा थापा-आत्मबल, अभिभावकत्व र अठोटको प्रेरणादायी कथा”

  • ३ महिना अघि

    कोदोको महत्व: परम्परा, पोषण र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड

  • ३ महिना अघि

    कृषिमा जीवन, खिरमा मिठास : खीरको स्वादभित्र लुकेको किसानको संघर्ष

  • ३ महिना अघि

    खिर दिवस : नेपाली समाजको सांस्कृतिक मिठास र स्वास्थ्य चेतना

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    २ दिन अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ३ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ४ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ४ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ६ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ हफ्ता अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution