• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र १८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

५ दिन अघि
२

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

६ दिन अघि
३

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

१ हफ्ता अघि
४

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

१ हफ्ता अघि
५

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

१ हफ्ता अघि
६

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

१ हफ्ता अघि
७

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

१ हफ्ता अघि
८

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

१ हफ्ता अघि
९

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१०

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

२ हफ्ता अघि
११

प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

२ हफ्ता अघि
१२

राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार (९ महिना अघि)

रैयाँ चाँदीको गीत: नेपाली लोक गीतमा एक फरक अभ्यास

तस्विर : कृष्ण जि.सी.

  • ६२८ पटक पढिएको
  • कृष्ण जि.सी./पर्बत, मंसिर-६, यतिबेला नेपाली सिने जगतमा “पूर्ण बहादुरको सारंगी” को खुब चर्चा छ । नहोस पनि किन जवकी यस चलचित्रले नेपाली सिने जगतमा इतिहास नै रचेको छ । चलचित्रको सफलताको भिभिन्न पक्षको विश्लेषण गर्दा गीत संगीत पनि यसको एउटा बलियो पक्ष छ । यस चलचित्रमा समाबेश भएका सबै गीत असाध्यै चर्चित छन् । तर रैयाँ चाँदीको गीतले एक फरक स्वाद थपेको छ । त्यसैले यसको चर्चा फरक ढंगले गरिएको छ । युट्युबमा यसलाई ९२ लाख भन्दा बढी हेरिएको छ । आठ मिनेट लामो गीत गायक आशिष अविरल र गायिका मेलिना राईले गाउनु भएको छ । गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छ । यसको शब्द नवराज पन्तले लेख्नुभएको हो ।
    बागलुङ नगरपालिका–१२ अमलाचौरका गीतकार पन्तका लागि यो गीत, गीत लेखनको यात्रामा नयाँ मोड बन्न आइपुगेको छ । ‘सालको पातको टपरी जस्ता  सर्वाधिक सफल लोकदोहोरी गीत रचना गरेका पन्तको चलचित्रका लागि यो पहिलो अनुभव हो । हाल अमेरिकामा रहेका गीतकार पन्त डेढ दशकदेखि गीत लेखनमा सक्रिय हुनुहुन्छ । पन्तले लेखेका ‘सालको पातको टपरी, ‘डाँडै फर्के सल्लो, ‘मायालुको शहरमा…लगायत गीत चर्चित छन् ।

    रैयाँ चाँदीको एउटा सुखद संयोग रहेको छ । गीतकार नवराज पन्त र गायक संगीतकार दुवै बाग्लुंग जिल्लाका हुनुहुन्छ । अविरल बाग्लुङको मल्ममा जन्मनुभएको हो । त्यसैले संगीतकार आशिष अविरले ग्रामिण बोलीचालीका शैलीमा शब्दलाई उच्चारण गर्नुभएको छ । आफैमा कुशल संगीतकार संगीतको राम्रो अध्ययन गरेका अबिरलले गीत एरेंजमा कुनै कसुर  बाँकी राख्नुभएको छैन । मौलिक बाजा र आधुनिक बाजाको धुनलाई सुन्दर संयोजन गरेर गीतको शृंगार गर्नुभएको छ ।

    अब चर्चा गरौँ यो गीत किन अरु भन्दा मलाइ फरक लाग्यो भन्ने बिषयमा । नेपाली चलचित्रमा लोक शैलीका गीत पहिले देखि नै समाबेश गरिदै आएको छ । अझै यो चलचित्रमा ३०/४० को दशकको परिवेशलाई उठाउन खोजिएको छ । रोधी बस्ने परम्परा, दोहोरी गाउने र शर्त राखेर हारजितको टुंगो लगाउने चलनलाइ ताजा बनाउन खोजिएको छ । यस गीतमा पहिले भन्दा नयाँ प्रयोग गरिएको छ । यस गीतको शैलिले प्रतक्ष्य दोहोरीमा नयाँपाना ल्याउने निश्चित छ । त्यो सुन्दर पक्ष भनेको अन्तरा  गाइसकेपछी, अन्तरा नदोहोर्याउनु र पुरै स्थायी न गाउनु हो । सामान्यतया: दोहोरीमा अन्तरा गाइसकेपछी त्यसलाई दोहोर्याएर गाउने र स्थायी गाउने गरिन्छ तर यहाँ त्यस्तो गरिएको छैन जस्तै :
    केटा: किन आँखा पारेको मरक्कै, अल्लि वर सरन सरक्क (अन्तरा न दोहोराइएको )
    रैया चादीको ….. पुरै स्थायी न गाइएको
    केटी: नटास्सिअ खुदोमा मौरी झें, देख्छु अनुहार कुच्चेको गाउरी झैं (अन्तरा न दोहोराइएको )
    रैया चाँदीको….. पुरै स्थायी न गाइएको
    यहाँ केटा र केटीले दुइ-दुइ टुक्का गाइसके पछी स्थायी पुरै गाईएको छ । यस्तो गर्दा सुन्नेलाई सवाल जवाफ सुन्न आनन्द आउँछ किनकि सवाल जवाफ छिट्टो छिट्टो हुनेगर्छ । अहिलेसम्म अन्तरा दोहोर्याउने र स्थायी पनि दोहोर्याउने गरिएको छ । त्यस्तै अर्को नौलो प्रयोग भनेको मात्रा उत्ति नै र उही लयमा स्थान फेरेर गाइएको अर्को भाग पनि छ । जस्तै:
    केटा : कोइला रातो आगोमा जलुन्जेल, पछीलाउने हुन्छ्यौ रात ढलुन्जेल
    रैया चादीको …. पुरै स्थायी न गाइएको
    केटी: घाम सत्तुर मान्दैन छायाँले, खोलो माथि फर्किन्न मायाँले
    रैया चादीको …. पुरै स्थायी न गाइएको
    यी दुवैको गति, यति र लय उही छ तर नोटको स्थान फेरेकोले मात्रै पनि फरक सुनिन्छ । जसलाई संगीतकारको अत्यन्तै कुशलता मान्नु पर्दछ ।
    त्यति मात्रै हैन गीतमा गन्धर्वको मौलिक शैली “करखा/कर्खा “ पनि गाइएको छ । त्यो कर्खामा पनि केटा केटीको दोहोरी छ । यो पनि नयाँ प्रयोग हो जस्तो मलाइ लागेको छ ।

    संगीतकार अविरल आफैमा पनि लोक गायनबाट संगीत यात्रा शुरु गरेका र पछी एरेन्ज हुँदै संगीतकार बन्नुभएको ब्यक्ती हो । उहाँ संगीतको राम्रो अध्ययन/अनुभव संगालेको ब्यक्ती समेत भएका कारणले गीतको कुनै पक्षमा पनि खोट लगाउने ठाउँ देखिदैन । त्यति हुँदाहुँदै पनि गीतमा एक ठाउँमा किन त्यसो गरियो होला भन्ने मलाइ लागेको छ । गीतमा अत्यन्तै ठेट शब्द, मौलिक शब्द र जनाबोलिका शब्द प्रयोग भएका छन् । जस्तै शुरुको सम्बादमा “हारे स्वास्नी बन्न तयार छे” यसमा श्रीमतीको सट्टा स्वास्नी, नटाँस्यौ-नटास्सिअ,  जून  लागेसी-लाएसी, पकाएर- पकार, आरन-यारन, डुब्यो- डुबो…

    कर्खा भाखामा: मोही-महि, मुन्टो- टाउको जस्ता जन जिब्रोका मौलिक शब्द प्रयोग भएका छन् । त्यसो त गीतका शब्दलाई मात्रा मिलाउन, अनुप्रास मिलाउन त्यसरी उच्चारण गरिने भएपनि यो गीतमा त्यसो नभई जनबोलीलाइ नै केन्द्रमा राखेर त्यसरी गाइएको हो भन्ने मलाइ लागेको छ । जसले श्रोतालाई त्यहि परिबेशमा पुर्याएको भान हुन्छ । त्यो अविरलको कुशलता हो तरपनि स्वयं बाग्लुंगे भएर गण्डक र धौलागिरि क्षेत्रको शब्दोच्चारणको शैलीलाई “एक ठाउँमा किन कन्जुस्याइ गरे होलान” भन्ने मलाइ लागेको छ ।

    यस क्षेत्रमा बाग्लुंगलाइ बाउलुंग भनिन्छ । अविरलले गीतमा “म त बाग्लुंगे” भन्नुभएको छ । त्यसमा म त बाउलुंगे भनेको भए अझै मौलिक सुनिने थियो होला । यो क्षेत्रमा कुनैकुनै शब्दको उच्चारण आफ्नै शैलीको छ जस्तै: पोखरालाई “पखरा” बेनिलाई “बिनि” नाग्लिबांगलाइ “नाइलिबांग” सिंगानालाइ “स्याँना” भिमपोखरालाई “भ्याँपखरा” बलेवालाइ “बल्या”  यस्तै यस्तै.. ।

    हुन त गायकीका आआफ़्नै सीमा र मापदण्ड हुन्छन । गायकले बाग्लुंगलाइ बाउलुंग नभन्नुको पछाडी पनि कुनै कारण अवस्य होला । समग्रमा नेपाली लोक गीत संगीतमा विभिन्न कोणबाट नयाँ अभ्यास गरिएको यो रैयाँ चाँदीको गीतले अवको लोकगीतलाई फरक धाराबाट लैजानेछ भन्ने मलाइ लागेको छ । जेहोस गीतले चलचित्रलाई थप सिंगारेको छ । छिट्टै करोड क्लवमा पुगोस शुभकामना ।

     

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ६ दिन अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

    ४ हफ्ता अघि

    “वेष्ट पोइन्टको नर्सरीबाट ३.९१ जिपिएसम्मको यात्रा : बर्खा थापा-आत्मबल, अभिभावकत्व र अठोटको प्रेरणादायी कथा”

    १ महिना अघि

    कोदोको महत्व: परम्परा, पोषण र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड


  • १ महिना अघि

    कृषिमा जीवन, खिरमा मिठास : खीरको स्वादभित्र लुकेको किसानको संघर्ष

  • १ महिना अघि

    खिर दिवस : नेपाली समाजको सांस्कृतिक मिठास र स्वास्थ्य चेतना

  • १ महिना अघि

    साउने सङ्क्रान्ति र लुतो फाल्ने परम्परा: बाल्यकालको सम्झना

  • १ महिना अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • समाचार
  • १

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    ५ दिन अघि

  • २

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    ६ दिन अघि

  • ३

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ४

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    १ हफ्ता अघि

  • ५

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    १ हफ्ता अघि

  • ६

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    १ हफ्ता अघि

  • ७

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु
    १ हफ्ता अघि

  • ८

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम
    १ हफ्ता अघि

  • ९

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • १०

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution