काठमाडौं, बैशाख-१७, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा `खम्बिर´ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
पुर्व गोर्खा सैनिक समेत रहनुभएका गर्बुजा म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्छ भने उहाँ नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुनुहुन्छ । उहाँको जन्मघर म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नाम हो । यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुभएको थियो ।
तस्विर : जलजला अनलाइन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: gcmedia44@gmail.com
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )