• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

२१ घण्टा अघि
२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

२ दिन अघि
३

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

३ दिन अघि
४

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ हफ्ता अघि
५

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

१ हफ्ता अघि
६

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

१ हफ्ता अघि
७

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

२ हफ्ता अघि
८

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२ हफ्ता अघि
९

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

२ हफ्ता अघि
१०

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

२ हफ्ता अघि
११

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

३ हफ्ता अघि
१२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ फागुन २२, बिहिबार (८ महिना अघि)

पर्वतारोही निर्मल पूर्जालाई म्याग्दीमा अभिनन्दनः जिल्लाको पर्यटन विकासमा सघाउने प्रतिबद्दता

तस्विर: किरण कार्की

  • ३१७ पटक पढिएको
  • म्याग्दी, फागुन-२२,  पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा (निम्स)का लागि बिहीबार म्याग्दीको बेनीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान मूल समारोह समितिको आयोजनामा विश्व किर्तिमानी निर्मल पूर्जा (निम्स दाइ)लाई स्वागत तथा सम्मान कार्यक्रममार्फत नागरिक अभिनन्दन गरिएको हो ।

    मूल समारोह समितिको आयोजना र बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा, मंगला, मालिका, धवलागिरि गाउँपालिका, म्याग्दी उद्योग वाणिज्य संघ तथा मिलन म्याग्दीको सहयोगमा पर्वतारोही पूर्जालाई नागरिक अभिनन्दन गरिएको समितिले जनाएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय पालिकाहरु, विभिन्न संघसंस्था, विद्यालय, निजी क्षेत्र, नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीसहित विभिन्न क्षेत्रबाट पूर्जालाई स्वागत, सम्मान र नागरिक अभिनन्दन गरिएको थियो ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले छोटो समयमा नै पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेको भन्दै स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरिएको मूल समारोह समितिले जनाएको छ । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ इतिहास कायम गरेर गृहजिल्ला म्याग्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै नागरिक अभिनन्दन गरिएको समारोहका मूल संयोजक एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

    पर्वतारोहणको क्षेत्रमा पूर्जाले अक्सिजन विना नै विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरुको चुचुरोमा पाइला टेकेर सातवटै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै पहिलो आरोही हुनुहुन्छ । पूर्जाले म्याग्दीमा रहेको विश्वको सातौं अग्लो धौलागिरि र १०औं अग्लो चुचुरो अन्नपूर्ण हिमालबाट आरोहण सुरु गर्नुभएको थियो । नागरिक अभिनन्दनपछि पर्वतारोही पूर्जाले आफ्नो अनुभव सुनाउँदै नेपालको विकासका लागि पर्वतारोहणको क्षेत्रमा धेरै सम्भावनाहरु रहेको बताउनुभयो । उहाँले देश विकास गर्न अब गाउँ गाउँबाट अभियान चलाउनुपर्ने बताउनुभएको छ । सोही अवसरमा पर्वतारोहीद्वय निबमाडेबिट शेर्पा र पुरुषोत्तम नेपालीले पनि आ–आफ्नो अनुभव सुनाउनुभएको थियो ।

    बेनी नगरपालिका–३, भकिम्लीका १०१ वर्षीय भैरवबहादुर हुमेनले उद्घाटन गर्नुभएको पर्वतारोही पूर्जालाई आयोजित स्वागत तथा सम्मान कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र विद्यार्थी नेता प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्दै म्याग्दीलाई साहसिक पर्यटनको हवका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, विभिन्न वडाका वडाध्यक्षहरु र जनप्रतिनिधि लगायतको विशेष उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दी सदरमुकाम
    बेनीबजारमा जिल्लास्थित विभिन्न संघसंस्थाहरुको सहभागितामा प्लेकार्डसहित ¥याली निकालिएका थियो ।

    बेनीबजारका स्थानीयवासीले आ–आफ्नो घर अगाडि जलघडा राखेर पूर्जाको स्वागत गर्नुका साथै घरका छत र बराण्डबाट जलफुलले वर्षा गरिएको थियो । कार्यक्रम मूल संयोजक गौतमको अध्यक्षता एवं स्वागत र सदस्य तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    ३ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ३ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • ३ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • ३ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ४ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ४ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    २१ घण्टा अघि

  • २

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    २ दिन अघि

  • ३

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    ३ दिन अघि

  • ४

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    १ हफ्ता अघि

  • ५

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    १ हफ्ता अघि

  • ६

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    १ हफ्ता अघि

  • ७

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    २ हफ्ता अघि

  • ८

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ९

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    २ हफ्ता अघि

  • १०

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution