• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २५, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

३ दिन अघि
२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

३ दिन अघि
३

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

५ दिन अघि
४

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

६ दिन अघि
५

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

१ हफ्ता अघि
६

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
७

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
८

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
९

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१०

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि
११

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ हफ्ता अघि
१२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार (९ महिना अघि)

अल्पायुको मृत्यु जस्तो पीडादायी मृत्यु अरु हुनै सक्दैन

फाईल तस्विर

  • २७९ पटक पढिएको
  • देवी जि.सी./बेनी, मंसिर-५,   हामी सजिलै भन्छौं जन्म लिएकै मर्नको लागि हो । तर, जसरी भनिन्छ त्यति सजिलो छैन मृत्यु सहन । मृत्युले उमेर हेर्दैन रहेछ, मृत्युले कसैको जीवन बाँच्दा उसको परिवारले साँचेको, बाँचेको खुसी हेर्दैन रहेछ । उसंग जोडिएका कति कुरा उसको मृत्युले खलबलाउछ त्यो कसैले भन्न सक्दैन । झन् अल्पायुको मृत्यु जस्तो पीडादायी मृत्यु अरु हुनै सक्दैन ।

    शुक्रबार बिहान ५ बजिसकेको थियो । बिहिबार नै एउटा कार्यक्रमको लागि म्याग्दीको टोड्केमा म्याग्दीका पत्रकार उतैको बास बसिएको थियो । राति अबेर सम्म बसेकोले बिहानको सुर्योदय हेर्न सायद कसैलाई मन लागेको थिएन् । बाहिर अध्यारै थियो । मेरा श्रीमान ५ बजे नै उठ्ने बानी भएकोले किचनमा पुगेर तातोपानी तताईवरी लिएर आउनुभएको रहेछ । हाम्रो ढोका ढकढक्याउनुभयो । हाम्रो निद्रा खुल्यो । उहाँले एक थर्मस पानी दिनुभयो । मैले पानी पिएर मोबाइलमा डाटा तानेर फेसबुक हेर्न थालें । फेसबुक स्क्रोल गर्दै जाँदा संबिधान सभा सदस्य रेशम बानिया अंकलको पोष्ट देखें । म अक्क न बक्क भएँ । केहि भन्ने शब्द फुटेन, मुटु चिसो भएको महसुश भयो । खुट्टा लुला भए । उहाँले लेख्नुभएको थियो “हार्दिक श्रद्दान्जली बिमला गौचन दिदी !” मैले पत्याउनै सकिन । फेरी अर्का एकजना जनप्रतिनिधिको पोष्ट देखे । अनि झन् सनसनी फैलियो । अँध्यारैमा बाहिर खलबली मच्चियो । हामी सबै स्तब्ध भयौं ।

    बिहान ८ बजेबाट तालिम शुरु थियो तर हामी कोहि पनि तालिम शुरुगर्ने मनस्थितिमा थिएनौ । तैपनि नगरी सुखै थिएन् । एक मिनेटको मौन धारण सहित श्रद्दान्जली संगै कार्यक्रम शुरु भयो । दिन लामो लागिरहेको थियो । उहाँको अनुहार झल्झली आइरह्यो । एक हप्ता अगाडी संगै तातोपानी डुबेर उहाँकै गाडीमा बेनी फर्किएको …… पत्याउनै सकिएको थिएन । “जिउंदोको जन्ती र मर्दाको मलामी” यो उखान धेरै सुनिदै आएको छ । अन्तत यो यथार्थ पनि हो । जीवनमा धेरै कुरा गर्न नसकिएपनि मर्दा मलामी पाउने धेरैको आशा हुन्छ । मर्दा मलामी कमाउन धेरैले आहा ! भन्ने हुनुपर्दो रहेछ । २०८१ साल मंगसिर १ गते शनिबार बिरान्ती आन्टीलाइ ठुलो जनसागरले अन्तिम बिदाइ गर्यो यति धेरै मलामी मैले बेनीमा सायदै देखेकी थिएँ ।

    म्याग्दी र कालिको दोभान साँघुरो भएको थियो । हिउँदको कालिगण्डकी उर्लेको थियो हजारौंको आँसुले । बेनीबजार शोक मग्न थियो । झ्याल, कौसी, बार्दली, बरण्डा, छत सबैतिरबाट रसिला आँखा शबतिर सोझिएका थिए । धेरैले भन्थे “यसरी मलामी कमाउन पनि सक्नु पर्दो रहेछ ।“ विरान्ती आन्टीले धेरै मलामी पाउनुभयो सबैलाई रुवाएर जानुभयो । मैले देख्दा र जाँदा उहाँ उस्तै हुनुहुन्थ्यो । सधै हँसिलो मुहार, जसलाई देखेपनि बोलाइ हाल्ने । निर्धक्कसाथ आफ्ना बिचार राख्ने, केही गर्नुपर्छ भन्ने हुट्टुटी भएकी । मेहनत गर्नुपर्छ भन्ने भावना सबैमा जगाउने एक साहसी महिला विरान्ती “बिमला गौचन” लाई हामीले गुमाएका थियौ ।

    वि.सं. २०१८ असार ६ गते हालको थासाङ्ग गाउँपालिका वडा नं. २, नाउरीकोट, मुस्ताङमा जन्मिएकी विमला गौचनलाइ सबैले बिरान्ती भन्थे हामीले पनि त्यसै भन्थ्यौं ।उहाँको बाल्यकालको नाउँ विरान्ती रहेछ । उहाँको विवाह थासाङ गाउँपालिका राम गौचनका साथ भएको थियो । बेनीको कालिपुलमा उहाँहरुले गौचन गेष्ट हाउस सञ्चालन गर्नुभएको थियो । पछी उक्त होटेललाई विस्तार गर्दै बेनीबजारको न्यूरोडमा यति होटल नामांकरणका साथ अहिलेसम्म सञ्चालनमा छ । २०६४ मा उहाँका पति राम गौचनको अकल् पनीय निधनपश्चात् विमला गौचनले होटल ब्यबसाय, समाजसेवा राजनीतिलाई अगाडी बढाउदै लैजानुभयो ।

    व्यवसाय राजनीति र समाजसेवामा सशक्त महिला जसले हामी जस्ता महिलाहरुलाई हौसला प्रदान गरिरहनु हुन्थ्यो । महिलाहरुलाई स्वावलम्बी र आत्मनिर्भर बन्न हौसला प्रदान गरिरहनुभयो । म्याग्दीमा पत्रकार महिलाहरुको संस्था संचारीका समूह म्याग्दीको स्थापना, यसको संस्थागत विकासमा संधै व्यक्तिगत, संस्थागत सहयोग र सल्लाह प्रदान एवं आर्थिक सहयोग गर्दै आइरहनुभएको थियो । राजनीति पेशागत विकास भन्दा पनि पत्रकार महिलालाई उहाँले अत्यन्तै फरक, समाजको अगुवा महिला हुनुपर्ने र सबै महिलाको आवाज बोल्न सक्नुपर्नेमा संधै हौसला र सहयोग गरिरहनुभयो । उहाँले गण्डकी प्रदेश सरकार समक्ष महिला शशक्तिकरण अन्तर्गत संचारिका समूह म्याग्दीलाई कार्यक्रम उपलब्ध गराउने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो । उहाँ आफु सहभागीहुने कार्यक्रममा जाँदा महिला पत्रकारलाई अनिवार्य साथ लिएर जानुहुन्थ्यो र संचारिका समुहलाई आर्थिक भौतिक रुपमा सधै सहयोगका साथै अभिभावकत्व प्रदान गर्ने व्यक्तिको निधनले हामी जस्ता महिला शशक्तिकरण लागेका अभियन्ताहरु टुहुरा जस्तै भएका छौं ।

    जीवनमा मृत्यु एक मात्र सत्य हो । यसमा भन्नु केही पनि छैन । तर, बिरान्ती आन्टीको जीवनमा मृत्यु छिटो आयो । यो नै हाम्रो लागि ठूलो पीडाको विषय हो । भौतिक शरीर नभए पनि आन्टीको समाज प्रतिको माया र जिम्मेवारी, हामी अनुजप्रति हजुरको हौसला, स्नेह र मोह सधैं स्मरणीय रहनेछ । व्यक्तिगत रुपमा तपाईले प्रदान गरेको हौसला, उत्साह र सहयोग प्रति सदैव आभारी छु । मन भरी भैरहेको छ। तैपनि सबै सहनै पर्ने रहेछ । तपाईंको स्वर्गमा बास होस् । हार्दिक श्रद्धाञ्जली “बिरान्ती आन्टी ।“

    लेखक संचारिका समूह नेपाल म्याग्दीका अध्यक्ष हुनुहुन्छ 

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ३ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    ३ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

    ६ दिन अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग


  • १ हफ्ता अघि

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

  • २ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • २ हफ्ता अघि

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

  • २ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

  • समाचार
  • १

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ३ दिन अघि

  • २

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ३ दिन अघि

  • ३

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    ५ दिन अघि

  • ४

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    ६ दिन अघि

  • ५

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    १ हफ्ता अघि

  • ६

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ७

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ८

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • ९

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    २ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution