• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ ४, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

२ दिन अघि
२

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

२ दिन अघि
३

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

३ दिन अघि
४

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

३ दिन अघि
५

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
६

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

४ दिन अघि
७

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

५ दिन अघि
८

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

५ दिन अघि
९

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

५ दिन अघि
१०

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

१ हफ्ता अघि
११

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार (८ महिना अघि)

केवल दस दिनको थिएन दसैं

लेखक : रेनुका जि.सी. खतिवडा

  • ४४४ पटक पढिएको
  • आमोइले हातमा बोकेको चारा आँगनमा छरेपछि चारै दिशाबाट तँछाडमछाड गर्दैर् उड्दै आउँथे परेवा । त्यसरी नै हृदयभरि आइदिन्छन् यादहरू, दसैं सम्झँदा । आकाशमा बन्दै छरिँदै गरेका बादलका आकृतिझैं मेरा स्मृतिहरू पनि हलचल गरिरहन्छन् । दसैं मेरो यादहरूको शृंखलामा विशृंखलित भएर छरिएको छ ।

    गिद्देश्वर र डोरकोटका गराहरूमा कोदाका बाला ठडिएको बखत, सिरुबारी र पँधेरापात्लेका फाँटभरि धानका बाला झुलेको बेला, आँगनका डिलमा सयपत्री र मखमलीका कोपिला निस्कँदै गरेको समय झिसमिसेमै कुटो बोकेका हातहरूले छनछन–छनछन चुरा बजाउँदै खोस्रन्थे लागुडाँडाका खाल्डा । चाम्रो माटोसँगै बोराभरि दसैं भरिएर घर आउँथ्यो । जब आलो गोबरमा चाम्रो माटो मुछिएर पिँढी र आँगन टालटुल, लिपपोत हुन थाल्थ्यो, तब भरिँदै जान्थ्यो समयको भदौरे झरीले उप्किएको मानिसहरूको मन । अनि छाउँथ्यो ओठहरूमा शारदीय मुस्कान ।

    ’मेरो माया त्यै पर खोलाखेत,

    आउने जाने गरे त होला भेट’

    रेडियो नेपालबाट मालसिरीको धुन बज्नुअघि नै खोलाखेतको सालघारीभित्र युवतीहरूको स्वरमा यस्तै भाका घन्किन्थे । सबेरै सालघारी पसेका उनीहरूले साँझमा पिठ्युँको डोकोभरि पातका आँठा बोकेर पिँढीमा बिसाउँथे । पिँढीभरि हरियो पात फिँजिन्थ्यो । टुकीको उज्यालोमा सिन्का र पातको मिलन हुन्थ्यो । अनि दसैं दुना–टपरीको आकारमा खप्टिएर बस्थ्यो ।

    लोप्रे या रत्नेचौरको रातो माटो, गडेखोलाको कमेरो, अर्थुङ्गेको पहेँलो माटो आदिले हटाएपछि भित्ताका ध्वाँसाहरू घरसँगै उज्यालिन्थे ग्रामीण अनुहारहरू । उज्याला घरहरू, आँगनको दुबोमा टल्किरहेको शीत, सेतो कमेरोले टिलिक्क टल्किएको देविस्थान, देविस्थान माथिको खुला नीलो आकाश, गजक्क परेका हरिया पहाड र तिनै पहाडमाथि सेतो टोपी लगाएको धौलागिरि ।

    दसैं दस दिनको मात्र थिएन । न त दसैं आउनु टीका, जमरा, आशिष र दक्षिणामात्र थियो । दसैं त सुबेदारनी जेठीआमाको घरमा सुटकेस बोकेर भरिया आउनु र भरियाको पछिपछि झिल्के ठूलाबा आउनु पनि थियो । दसैं आउनु सधैं वर्षात् भइरहने माथ्ला घरे भाउजूका आँखा ओभाउनु पनि थियो । दसैं आउनु कान्छी काकीले अर्को एक वर्षलाई पुग्ने गरी लाहुरे काकाको अनुहार हेर्न पाउनु पनि त थियो । मूलभित्ताका धारामा बिछ्याइएका छपनीहरूले सिरक र तन्दाका खोलहरूको चुटाइखानु थियो । दसैं आएपछि त सहरको सानो कोठामा थुनिएका केटाकेटीहरू गाउँको फराकिलो आँगनमा बुरुकबुरुक उफ्रन पाउँथे । गाउँले नानीहरू दक्षिणाको पैसा राख्नलाई सुर्के थैली सिलाउन लगाउँथे । दसैं आरनकी माइलीको घरमा बिष्टका घरबाट फिको उठाइएको चामल बनेर पुग्थ्यो । दसैं आउनु कलको सियोले घोच्दाघोच्दा छियाछिया भएका जुने दर्जीका औंलाहरूले मासु र भात मुछ्न पाउनु पनि त थियो ।

    अर्जेत, माल्दिभिर र बान्द्रेका भीरहरूमा लहलह परेको बाबियोलाई काटेर पोखरीमा भिजाएपछि रातभर जागा बसेर गाउँका युवा र प्रौढहरू लट्ठो बाट्थे । त्यही लट्ठोमा मच्चिएर जीवनमा उड्ने सपना देखेका हामीहरू धेरै टाढाटाढा पुगिसकेछौं । हरेक दसैंले झसंग बनाएर जान्छ । नासो जसरी पो हुर्काएको रहेछ त्यो माटोले हामीलाई ।

    •••

    जब दसैं आउन थाल्थ्यो, म छोराछोरीलाई सुनाउन थाल्थें यिनै किस्सा । केही वर्षअघिको कुरा हो, यिनै किस्सा सुनाउँदै गर्दा छोरीले भनिन्, ‘मामुको अनुहारको रंग नै अर्कै हुन्छ, आफ्नो गाउँबारे कुरा गर्दा ।’

    छोरीको कुरा नसकिँदै छोराले थपे, ‘मामु तपाईं आफ्नो गाउँमा दसैं मनाउन किन जानुहुन्न्न ?’

    म जिल्ल परें । मेरो गाउँ ! म न खुसी हुन सकें । न दुःखी, मात्र अवाक् बनें । छोराको बालसुलभ प्रश्नले मलाई धेरै दिन खङ्ग्रङ पार्‍यो । मैले त त्यसरी कहिल्यै सोचेकी रहिनछु । न मैले, न मेरी आमाले । मेरा वरपरका विवाहित अन्य महिलाहरूले पनि त्यसरी नसोचेको वर्षौं भइसकेको होला । विवाहपश्चात् चाडपर्वबारे धारणा नै बदलिने रहेछ । घरका अनेकन दायित्व पूरा गर्दागर्दै हामीले यसरी आफूलाई खुम्च्याउने रहेछौं कि हामी स्मृतिमा बाँच्न अभ्यस्त हुनेरहेछौं । मनभित्र धेरै बेचैनी भैरह्यो । अनौठो शून्यताले चिमोटिरह्यो । सम्झें, हामी सानो हुँदा मामुले भन्नुहुन्थ्यो, ‘बित्थामा आउँछन् यी चाडपर्व ।’

    सायद मामु पनि यस्तै अवस्थाबाट गुज्रनुहुन्थ्यो

    कि ! मैले अनुमान मात्र गरें । मलाई भने एकोहोरो गाउँले तानिरह्यो । छोराको प्रश्नले चिमोटिरह्यो । मनभित्र निकै दिन द्वन्द्व चलेपछि आँट गरेर घरमा भनें, ‘गाउँको न्यास्रो लागेको छ । एकपटक दसैं उतै गएर मनाउँछु ।’

    सहयात्रीको छोटो मौनतापछि, ‘बुबालाई भन न त’ भन्ने सुझाव आयो । दोधारे अवस्थामा ससुरा बुबालाई गएर भनें । ‘जा न त’ । ‘मामु म यो पटकको दसैं तपाईंहरूसँग मनाउँछु । म त छुट्टी हुँदाबित्तिकै त्यता आउँछु ।’ मेरो यो बोलीले मामुको अनुहारमा खोइ कुन्नि कस्तो भाव ल्याएथ्यो । तर, एकछिन रोकिएर सानो स्वरमा ‘के भन्छे यो ?’ भन्नुभएथ्यो ।

    ‘त्यै भनेको बूढीमाउ । म दसैंअघि नै त्यहाँ आउँछु ।’

    ‘किन जुठो, सुत्केरो पर्‍यो र त्यता ?’

    मामुको प्रश्नले मलाई चिसो बनायो ।

    ‘होइन, छैन’, एकछिन रोकिएर भनें ।

    ‘ज्वाइँ पनि आउनुहुन्छ ?’

    ‘मैले सानो स्वरमा जवाफ दिएँ, अहँ’ ।

    ‘के झगडा गर्‍यौ कि क्या हो ?’, मामुले कड्किएर बोल्नुभयो । त्यसपछि मैले बेलीबिस्तार लगाएँ । सबै कुरा सुनेपछि मामुले ‘हँ’ मात्र भन्नुभयो । वर्षौंपछि आफू जन्मेहुर्केको आँगनमा आफ्नाहरू सबैका बीचमा बसेर दसैं मनाउन पाउँछु भन्ने उत्साहले पुलकित म मामुको प्रतिक्रियाले असमञ्जसमा परेकी थिएँ ।

    मेरो फुरुकफुरुक परेको मन त तब पो खिस्रिक्क पर्‍यो जब आफन्त, छिमेकी, साथीहरू सबैले घरमा टीका नलगाई माइतीमा गएर टीका लगाउनु त अपराध पो हो जसरी व्याख्या गरे ।

    ‘घरको टीका नलगाई कहाँ माइतको टीका लगाउन मिल्छ र ?’ त्यसपछि मात्र मामुको अन्योलबारे प्रस्ट भएँ ।

    वरपरका कुरै नसुनी नाइट बस चढें । उता पनि आफन्त, वरपर सबैको प्रश्न एकै थियो– ‘उता टीका छैन हो ?’

    •••

    खासमा छोराको त्यही प्रश्नले डोर्‍याएको थियो मलाई म जन्मेको गाउँ । म गाउँ पुग्दा, गाउँ उस्तै गजधुम्म परेर बसेको थियो । देविस्थानको डिलमा बसेर सिंगो गाउँ हेरें, हेरिरहें । केही दिन गाउँमा बस्दा, लाग्यो गाउँ त उस्तै छ । ढुंगाको गारोमा ढुंगाकै छपनी छाइएका घरहरू, ढुंगा नै बिच्छाइएका आँगनहरू उस्तै थिए । पारिपट्टि मुस्कुराएर उभिएको धवलागिरि, तल्लो वन र भेडिओडारको जंगल, घरै छेवैको दोबाटोको बीचमा उभिएका बाँसघारी, बाँसघारीभित्रबाट गुन्जिने चिरबिर चिरबिर ध्वनिहरू । सबै उस्तै त थियो । तर, थिएनन् एकाबिहानै सुनिने ख्वाकख्वाक खोकीका आवाजहरू । एकतमासले बगिरहने पँधेराको कलकलसँगै गाइँगुइँ गाइँगुइँ चलिरहने पँधेर्नीहरूका छलफलहरू सुनिएनन् । सुनिएनन् सबेरै बजारलाई ब्युँझाउन पुग्ने दूधवालाको प्याट्प्याट बज्ने चप्पलका आवाजहरू । न एकाबिहानै बज्ने देविस्थानबाट कुम्भकर्ण जगाउने शंख र घन्टका झन्कार । न त सुनिए कटेराबाट दाम्लोसँग आन्दोलन गर्ने ‘बाँ बाँ आँइ आँइ’ का हुन्कारहरू । खोर नै भत्किने गरी उफ्रने मनेहरूको म्याँम्याँ, कोक्राभित्रबाट आमा खोज्ने शिशुहरूको च्याँच्याँ, अहँ गाउँमा पहिले जस्तो केही थिएन ।

    कोक्रो हल्लाउँदै हाहाहाहा, लललल गर्ने चाउरिएका हात कतै देखिएनन् । आँगनबाटै दिनभरिका योजना बनाउने तल्लाघरे कान्छी र माथ्लाघरे ठूलीका संवादहरू पनि बन्द भएछन् । सुबेदारबाको बार्दलीबाट गाउँभरि समाचार फुक्ने रेडियो नेपालको आवाज आउन बन्द भएछ । लट्ठीको भरमा खोच्याङ खोच्याङ गर्दै मुखियाले बुझ्ने गाउँको हालचालको क्रम बन्द भइसकेछ ।

    आँखाले भेडिओडारबाट घरको मूल बलो जरक्कै काँधमा राखेर काँधै नफेरी आँगनीमा ल्याइपुर्‍याउने माइला र काइँलाको बल खोज्दै थिए । कानले तमाखु उडाउँदै र कछाड खुम्च्याउँदै बैंसको रुखमुनि बसेर गर्ने बूढाबाहरूको देशविदेशको छलफल सुन्न खोज्दै थिए ।

    म जहाँ जहाँ टेक्थें त्यहींत्यहीं स्मृति भेट्थें । मनमा अनेक प्रश्न उठ्थे, जस्तो कि सरक्कै काइँयोबाट सोरेर खोला जत्तिकै लामो होस् भनी सखीहरूले मूलभित्तामा बगाएको कपाल कहाँनिर अल्झियो ? मेरो उपस्थितिमा पर डाँडाबाट उसले हल्लाइरहने रुमाल कहाँ झर्‍यो ? मंगलचौथीमा वर–पीपललाई पुजेर सिक्का चढाउने काकीका हातहरूमा कति मुजा परे ? कश्मीरबाट प्रियतमले लेखेका पत्र च्यापेर बितेका भाउजूका अनिँदा रातले राता भएका आँखामा चस्मा चढे होलान् कि नाइँ ? कता हराए स्कुलभन्दा बीचबाटोमै बढी थन्काइएका कापीहरू, पोस्टकार्डका लागि आपसमै लड्ने साथीहरू, यी खेतका कान्लाहरू नाघ्ने पैताला, कालिजलाई ढुंगा ताक्ने हत्केला, माल्दिभीरको डिलबाट घन्किरहने बाँसुरीको मधुर ध्वनि, धानभित्रको सामो गोड्ने साइँली दमिनीको नगोडिएको जीवनकथा, आरनमा प्राण भर्दाभर्दै खुम्चिएको आरने माइलाको अनुहारको कविता, साँझ परेपछि तीनपानेले तात्ने स्याउली बजार, स्याउली बजारमा शिक्षाको उज्यालो थप्न खोज्ने बूढो मास्टर ? वर्षौंअघि ओरालो झरेपछि जीवनका अनेकन पहाड पार गरेर वर्षौंपछि उक्लिएकी थिएँ उकालो र पुगेकी थिएँ कालान्जरको काखमा ।

    वर्षौंपछि गाउँलाई सुम्सुम्याएँ । दसैंको रौनकले गाउँलाई मुढोबाट घार बनाउन यत्न गरेको त थियो, तर पाहुना आएका अनुहारसँग गाउँको तालमेल भने मिलेको थिएन । जोजोसँग तालमेल मिलिरहेको थियो, उनीहरूको दैनिकी नियालें । गाउँको दसैंमा मात्र होइन दैनिकीमा पनि आधुनिकताको प्रभाव अनुभूत गरें । देविस्थानको घण्टीको आवाजले होइन सिरानीको मोबाइलमा परदेशबाट बजाइएको घण्टीको आवाजले उज्यालो भएको बताउँथ्यो । दैनिकी सहज भइसकेछ । प्रत्येक आँगनमा धाराबाट पानी झरिरहेको थियो । करेसाबारीको साग किन्न बजार नै गाउँ आइपुग्दो रहेछ । जिपहरूले अर्डर गरेको सामान घर नजिकको सडकमा पुर्‍याउँदा रहेछन् । बूढाबा–बूढीआमाहरू मोबाइलको स्क्रिनमा रमाइरहेका देखिन्थे । कानमा ‘इयरफोन’ लगाएर प्रियतमसँग बात मार्दै युवतीहरू मेलापात गर्दै थिए ।

    गाउँले सकारात्मक परिवर्तन आत्मसात् गर्दै रहेछ । कपडा सिलाउने दर्जी राख्ने बालीघरे प्रथा हटेको रहेछ । आरनमा पनि त काम अनुसारको पारिश्रमिकको रूपमा रकम दिन थालिएछ । श्रमको सम्मान गर्न सिकेको देख्दा आनन्द लाग्यो । स्याउलीबजार सुन्दर बस्तीको नामले चिनिन थालेछ । पहिले स्याउली बजारका केटाकेटी बिष्टका खेतबारीमा पसिना बगाइरहेका भेटिन्थे । अहिले सुन्दर बस्तीका केटाकेटी आँगनमा बसेर गृहकार्य गर्न थालेछन् । गाउँ सुरु हुनुभन्दा अगाडि नै ह्वास्स आउने दिसापिसाबको दुर्गन्ध हटेछ । गाउँका तिनै उज्याला पाटाले दिल गद्गद् भयो ।

    आफ्ना अग्रजहरूको हातबाट निधारभरि टीका र हृदयभरि आशिष बटुलेर फर्किएँ । फर्कंदा खेतहेर्नीको डिलबाट अन्तिम पटक गाउँलाई हेरें । पहिलेको जस्तो वाचाल लागेन गाउँ, लाग्यो त शान्त, हिउँदको कालीगण्डकी जस्तै । म भने पटकपटक त्यही कालीगण्डकीमा स्नान गरिरहन चाहन्छु ।

    अहिले पनि म सपनामा त्यही गाउँमा हुन्छु । जिम्मेवारीको पिङले मच्चाइरहेको बखत घरिघरि सम्झन्छु गाउँको लट्ठेपिङ र हलुका हुन्छु । सायद मेरा बालापनका यादहरू अपडेट भएकैले त होला गाउँको नयाँ दृश्यसँग पनि सपनामा बरोबर साक्षात्कार भइरहन्छ । कान्तिपुरमा प्रकाशित रेनुका जिसीको लेख 

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    २ दिन अघि

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

    २ दिन अघि

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

    ३ दिन अघि

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार


  • ३ दिन अघि

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

  • ४ दिन अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

  • ४ दिन अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

  • ५ दिन अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

  • समाचार
  • १

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    २ दिन अघि

  • २

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म
    २ दिन अघि

  • ३

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    ३ दिन अघि

  • ४

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ
    ३ दिन अघि

  • ५

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ६

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    ४ दिन अघि

  • ७

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    ५ दिन अघि

  • ८

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    ५ दिन अघि

  • ९

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    ५ दिन अघि

  • १०

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution