• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१0 घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ श्रावण ७, सोमबार (१ साल अघि)

नेकपा एमाले म्याग्दीले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४६ औ स्मृति दिवस मनायो

तस्विर: समिर रोका

  • ३९९ पटक पढिएको
  • म्याग्दी, साउन -७, नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीले ४६ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । सोमबार पार्टी कार्यालय बेनीमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयमा बिचार गोष्टीको आयोजना गरि स्मृति दिवस मनाएको हो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले   नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्दर्भिक हुँदैगएको र उहाँको विचारकै कारण अहिले काँग्रेस र एमाले एक ठाउँमा आएको  बताउनुभएको छ ।

    नेकपा (एमाले) का केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले तानाशाही शासन व्यवस्थाका विरुद्ध प्रजातान्त्रिक र कम्युनिष्ट शक्तिलाई एकआपसमा मिलाएर उहाँले आन्दोलनको सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभयो ।

    गोष्ठीमा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र जिल्ला अध्यक्ष बालकृष्ण सु्वेदीले नेपालको राजनीतिक आन्दोलनमा पुष्पलालको योगदानका चर्चा गर्नुभएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते  रामेछाप जिल्लामा भएको हो । १९९७ सालमा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्” भन्ने  दाजुको भनाइले  पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बनेको थियो । उच्च शिक्षा हासिल गर्नका लागि पुष्पलाल भारत गएपछि त्यहाँ अध्ययनका क्रममा उनी भारतीय स्वतन्त्रता संग्राम र कम्युनिष्ट आन्दोलनसँग प्रभावित भएर भारतीय कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न हुँदै उनले मार्क्सवादी -लेनिनवादी विचारधारामा प्रशिक्षण पाएका हुन् ।

    भारतमा अध्ययन पूरा गरी नेपाल फर्किएपछि पुष्पलालले नेपाली समाजमा साम्यवादी विचारधारा फैलाउने अभियान थाले । उनी नेपाली समाजका विभिन्न वर्ग, विशेषगरी श्रमिक र किसानलाई संगठित गर्न लागिपरे । २००७ सालमा, पुष्पलाल र उनका सहकर्मीहरूले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। यो पार्टी नेपालमा पहिलो कम्युनिष्ट पार्टी थियो, जसले श्रमिक वर्गको हक अधिकारका लागि संघर्ष गर्ने उद्देश्य राखेको थियो।

    पुष्पलालले आफ्नो जीवनकालमा धेरै पटक सरकारले उत्पीडन गर्‍यो । उनले विभिन्न समयमा जेल जीवन बिताउनुपर्‍यो । तर, तिनले कहिल्यै पनि आफ्नो विचारधारा र आन्दोलनप्रति सम्झौता गरेनन् । उनले निरन्तर जनताको पक्षमा आवाज उठाए र संघर्ष गरिरहे। उनका नेतृत्वमा पार्टीले ग्रामीण क्षेत्रमा किसान र श्रमिक वर्गलाई संगठित गरी विभिन्न आन्दोलन सञ्चालन गर्‍यो।

    २०३५ सालमा पुष्पलाल श्रेष्ठको निधन भयो। उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुर्‍यायो। तर, उनका विचार र योगदानले नेपाली समाजमा गहिरो प्रभाव पारेका छन् । उनले नेपालको राजनीतिक चेतनामा महत्त्वपूर्ण भूमिका खेलेका छन् । पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिक इतिहासका एक महत्त्वपूर्ण नेता थिए । उनले नेपालमा साम्यवादको बीजारोपण गरे र श्रमिक वर्गको हक अधिकारका लागि निरन्तर संघर्ष गरे। उनका विचार र योगदानले नेपाली समाजमा नयाँ दिशा र प्रेरणा दिएका छन्।

    कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीको अध्यक्षता, पार्टी सचिव थमसरा पुनको संचालन र स्वागत पार्टी कार्यालय सचिव हरिकृष्ण सुबेदीले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १0 घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution