• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र १९, सोमबार (२ साल अघि)

गैरसरकारी संस्था महासंघ म्याग्दीको अध्यक्षमा दिपक पौडेल

फोटो : प्रताप बानिया

  • ६३१ पटक पढिएको
  • म्याग्दी, चैत-१९,  गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन हुनुभएको छ  ।  आइतबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पौडेल यसअघि पनि महासंघको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।अधिबेशनले  महासंंघको उपाध्यक्षमा निरमाया मिजार, सचिवमा कमला बानियाँ थापा, सहसचिवमा खुमबहादुर किसान र कोषाध्यक्षमा भीमबहादुर रिजाललाइ  निर्वाचित गरेको छ ।

    यसैगरी महासंघको कार्यसमिति सदस्यहरुमा गौरी थापा, शर्मिला पुन, नम्रता पौडेल खत्री, मुक्तमान केसी, विष्णु गुरुङ र भीमबहादुर गुरुङ निर्वाचित भएको महासंघ म्याग्दी शाखाले जनाएको छ । नवनिर्वाचित गैसस महासंघ जिल्ला शाखाको पदाधिकारी तथा सदस्यहरुलाई गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेलले शपथग्रहण गराउनु भएको थियो ।

    कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, सचिव भवराज रेग्मी र गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्काले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै जिल्लामा गैरसरकारी संघसंस्थालाई सक्रिय बनाउन र समुदायमा सचेतनामूलक गतिविधिहरु सञ्चालनमा जोड गर्न सुझाव र निर्देशन दिनुभएको छ । गैरसरकारी संस्था महासंघ म्याग्दीका निवर्तमान सचिव निरमाया मिजारले सञ्चालन गरेको कार्यक्रममा गैसस महासंघ म्याग्दीका पूर्व अध्यक्ष हरिप्रसाद पौडेल, मंगला आमा समूहका अध्यक्ष टकसरा राना लगायतको विशेष उपस्थिति रहेको थियो ।

    यसअघि अधिवेशनको गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष सुवेदीले उद्घाटन गर्नुभएको थियो । आगामी दिनमा गण्डकी प्रदेशमा नमुना संस्थाको रुपमा गैरसरकारी संस्था महासंघ म्याग्दीलाई अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष पौडेलले प्रतिबद्धता जनाउनुभयो ।  यसअघि अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सुवेदीले सामाजिक परिचालनको काम गैरसरकारी संघसंस्थाहरुले मात्रै गर्न सक्ने दावी गर्नुभयो । उहाँले स्थानीय पालिकाहरुमा संघसंस्थाहरुलाई दर्ता र नवीकरण निःशुल्क बनाउनुपर्ने माग गर्दै संघसंस्थाहरुलाई बजेट तथा कार्यक्रमहरु दिएर पालिकाले सामाजिक परिचालनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा संविधानसभा सदस्यद्वय गोविन्द पौडेल र रेशमबहादुर बानियाँले गैरसरकारी संघसंस्थाका कार्यक्रमहरु पारदर्शी बनाउँदै समाज रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउनु भयो  ।

    उक्त कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधि क्या. मिनबहादुर कार्की, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा, गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पौडेल, पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको अवसरमा गैरसरकारी संस्थाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पूर्व अध्यक्षद्वय हरिप्रसाद पौडेल, भरत केसी, गण्डकी प्रदेश कोषाध्यक्ष मुक्तिप्रसाद ढुङ्गाना र महासंघ म्याग्दीका पूर्व कोषाध्यक्ष ज्योति लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा महासंघका निवर्तमान सचिव मिजारले प्रगति प्रतिवेदन पस्तुत गर्नुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution