• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २२, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

१ दिन अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

२ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

२ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

५ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

६ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

६ दिन अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

६ दिन अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

६ दिन अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ १३, शनिबार (१ साल अघि)

मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रहितका लागि एमालेको नेतृत्व आवश्यक : महासचिव पोखरेल

फोटो : जलजला अनलाइन

  • ४२३ पटक पढिएको
  • म्याग्दी, माघ-१३, नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रहितका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ । एमाले म्याग्दीको १०औं जिल्ला अधिवेशनको शुक्रवार बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले देश विकास र संविधानको रक्षाका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउँदै देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका लागि वर्तमान गठबन्धन सरकार अभिशाप बनेको आरोप लगाउनुभयो । उहाँले नेकपा एमालेको नेतृत्व मुलुकको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रहितका लागि अपरिहार्य रहेको विषयलाई नेपाली जनताको बीचमा लगेर देशलाई सङ्कटबाट जोगाउन सकिने बताउनुभयो ।

     

    सुन तस्करहरुसँग वर्तमान गठबन्धन सरकारको उठबसको कारणले गर्दा देशमा आर्थिक सङ्कट गहिरिँदै गएको आरोप लगाउँदै महासचिव पोखरेलले देशमा लगानीको वातावरण नबन्दा विदेश पलायनको दर उच्च रहेको बताउनुभयो । उहाँले यसअघि एमाले नेतृत्वको सरकारले सुरु गरेको राष्ट्रिय गौरवका विकास निर्माणका आयोजनाहरुमा वर्तमान गठबन्धन सरकारले बजेट कटौती गरेर निर्माणाधीन विकासे आयोजनाहरुलाई बीचैमा प्रभावित बनाएको बताउनुभयो ।

     

    महासचिव पोखरेलले वर्तमान सरकार इतिहासकै कमजोर र राष्ट्रियतालाई ध्यान नदिई सत्ता जोगाउन विदेशीसामु लम्पसार परेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘यो सरकार देशका लागि कुनै पनि हिसाबले हितमा छैन, अहिलेको सरकारकै कारण देश सङ्कटमा फस्दै गएको छ ।’ वर्तमान सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देशले के गुमाउनुपर्ने हो भन्ने चिन्ता हुने गरेको उहाँले बताउनुभयो । एमालेले नेतृत्व गरेको सरकारले भारतीय नाकाबन्दीको सामनासहित देशको स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो रुपमा उत्रिएको स्मरण गर्दै गठबन्धन सरकारले विदेशीसामु नेपालीको शिर झुकाउने काम मात्रै गरेको बताउनुभयो ।

    तत्कालीन एमाले नेतृत्वको सरकारले नाकाबन्दीको सामना, चीनसँग पारवहन सन्धी–सम्झौता गरेर भारतसँग वर्षौंदेखि नसुल्झिएका समस्या सुल्झाउने विषयमा नेतृत्व गरेको अवस्थामा अहिलेको सरकारले भारतको अनुकुल हुने गतिविधिमा केन्द्रित भएको महासचिव पोखरेलको भनाइ छ । ‘अहिलेको कमजोर अवस्था गठबन्धनको सरकारकै कारण उत्पन्न भएको हो । एमाले सत्ता बाहिर भए पनि अन्तर्राष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, राष्ट्रिय हितको एजेण्डामा निरन्तर अडान लिइरहेको छ’ उहाँले भन्नुभयो । महासचिव पोखरेलले मुलुक बनाउने एजेण्डा बोकेको पार्टी सत्ता बाहिर हुँदा अहिले जनताले दुःख पाएको बताउँदै वर्तमान सरकार भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक बनेको आरोप पनि लगाउनुभयो । देश बर्बाद हुनबाट जोगाउन गठबन्धन सरकारलाई जनताले विस्थापित गर्नुपर्ने उहाँले बताउनुभयो ।

    अधिवेशन उद्घाटनसत्रमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट र पद्यमा अर्यालले सम्बोधन गर्दै वर्तमान सत्ता गठबन्धनकै कारणले देशमा आर्थिक सङ्कट चुलिँदै गैरहेको आरोप लगाउनुभयो । उहाँहरुले सरकारले गलत गर्दै जाने तर प्रतिपक्षमा हुँदा पनि अन्य दल र मिडियाले एमालेमाथि निरन्तर प्रहार गर्ने काम भैरहेको बताउनुभएको थियो । वर्तमान सरकार हरेक मामिलामा असक्षम र असफल सवित भैरहेको एमाले नेताहरुको भनाइ छ ।

    कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी, थममाया थापा, एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, म्याग्दी जिल्ला इन्चार्ज गोविन्द नेपाली र बागलुङ अध्यक्ष हिरा केसीले शुभकामना मन्व्य व्यक्त गनुृभएको थियो । अधिवेशनको अवसर पारेर गएको असोज तेस्रो साता रुकुम पश्चिम र जाजरकोटमा भूकम्पबाट क्षति भएका संरचनाको निर्माणमा म्याग्दीबाट खटिएका उदय दर्जी, खुम किसान, कुशल किसान र कृष्ण सेन्च्युरीलाई सम्मान गरिएको थियो ।

    फोटो : जलजला अनलाइन

    अधिवेशनको उद्घाटनसत्र एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । शनिवारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ भने जिल्लाभरबाट एमालेका ४ सय १९ जना प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

    ४ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता


  • १ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ महिना अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ महिना अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ महिना अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    १ दिन अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    २ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    २ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ५ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ६ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ६ दिन अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ६ दिन अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ६ दिन अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution