• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २२, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

१ दिन अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

१ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

५ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

५ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

६ दिन अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

६ दिन अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

६ दिन अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ ६, शनिबार (१ साल अघि)

बेनी–कोरला सडकमा अब काम नगर्नेको बिकल्प खोजिन्छ : मन्त्री ज्वाला

फोटो : हरिकृष्ण गौतम

  • ४७६ पटक पढिएको
  • म्याग्दी, माघ-६, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डको स्थलगत अनुगमन गर्नुभएको छ  । सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षती पुगेको स्थानमा पुगेर निरीक्षण गर्नुभएको हो  । कालिगण्डकी करिडोर अन्तरगत पर्ने बेनी–मालढुंगा सडकखण्ड, बेनी–जोमसोम सडकखण्ड अन्तरगत भुरुङ तातोपानीसम्म पुगेर निर्माणधिन अवस्थाको सडकमा देखिएका समस्यालाई पन्छाएर समयमै योजना सम्पन्न गर्न निर्देशन दिनुभयो ।

    ‘काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिन्छ, कालिगण्डकी करिडोर सरकारको प्राथमिकताको योजना पनि हो’ मन्त्री ज्वालाले  भन्नुभयो  । उहाँले  सडकलाई दिगो र सुरक्षित बनाउन आयोजनाले प्रस्ताव गरेको भिरकाटेको सुरूङमार्गको समेत अनुमगन गर्नुभएको थियो । कालिगण्डकी नदीको कटानले साँधुरिएकाले आयोजनाले ३ सय ८४ मिटर लामो सुरुङ बनाउने प्रस्तावलाई अगाडी बढाउने मन्त्री ज्वालाको भनाई छ । सुरुङ बनाउन करिब ८८ करोड लागत सहित डिपिआर समेत आयोजनाले स्वीकृतिका लागि अगाडी बढाएको छ ।

    उहाँले  सडक विभाग,बेनी–जोमसोम–कोरला सडक योजनाका प्रतिनिधिलाई लिएर अनुगमनमा आएका मन्त्री ज्यालालाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितको टोलीले स्वागत तथा सडकखण्डका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभा सदस्य गर्बुजाले बैसरीबाट औल जोड्ने पक्की पुलको आवश्यकताबारेमा स्थानीयबासीन्दा सहित मन्त्रीलाई आगामी बजेटमा समावेश गर्न माग गर्नुभएको थियो  । त्यस्तै गण्डकी प्रदेशका मन्त्री जुग्जालीले पश्चिम म्याग्दीको तातोपानीमा बेलिब्रिज सहितको संरचना बनाउन आवश्यक रहेको बताउनुभएको थियो  ।

    प्रतिनिधिसभा सांसद गर्बुजा र गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री जुग्जालीले बर्खाको समयमा जोखिमपुर्ण स्थान आसपासमा बैकल्पिक मार्ग तथा अपुरो काम गर्ने, निर्माणक्षेत्रमा मजदुर नभएका, विगतका प्रतिबद्धता अनुसार काम नगर्ने निर्माण ब्यवसायीको ठेक्का तोड्ने, धरौटी जफत र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि समेत बढाउनुपर्ने बताउनुभएको थियो । कालीगण्डकी करिडोरको म्याग्दी खण्डको रघुगंगा गाउँपालिका–२ बैसरीखण्ड र अन्नपूर्ण गापा–२ र ३ वडा क्षेत्रमा पहिरो, कमजोर भुगोलका कारण बर्खाको समयमा बाढीपहिरोले सताउने गरेको योजना प्रमुख धुब्र झाले बताउनुभयो । उहाँले  पहिरोग्रस्त स्थल र कडा पहरा फुटाउनुपर्ने बाहेकमा कालोपत्रे भइरहेको र गर्ने तयारी भएको बताउनुभयो  ।

    उहाँले पोखरेबगरमा कालोपत्रे भइरहेको, कालोपत्रेसँगै महभीर देखि पोखरेबगरसम्म चट्टान भएको भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सबबेस बिछ्याउने काम सकिएको बताउनुभयो । चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । विसं २०७४ देखि सुरु गरिएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको काममा ढिलाइ हुँदा निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकाय र सर्वसाधारणको समेत तिब्र गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वाला सहितको टोली अनुगमनमा आएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

    ४ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता


  • १ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ महिना अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ महिना अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ महिना अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    १ दिन अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    १ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ५ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ५ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ६ दिन अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ६ दिन अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ६ दिन अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution