• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

५ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

५ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

५ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार (२ साल अघि)

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाब संकलन

फोटो: देवी जिसी

  • ४४१ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-२९,  म्याग्दीको बेनीमा  गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि  सुझाव संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि लगायत सरोकारवालाहरुबाट सुझाब संकलन गरिएको हो । आयोगले तयार गरेको पञ्चबर्षीय योजनाको अवधारणापत्रमाथि म्याग्दीका सरोकारवालाहरुले बजेट निर्माण र योजना छनोट गर्दा स्थानीय तहसंग समन्वय र सकार्य गर्न सुझाब दिएका छन् । पहुँच र शक्तिको आडमा बजेट बाँडफाँट हुने प्रचलनले दुर्गम र पछाडी परेको ठाउँ विकासबाट ओझेलमा पर्ने गरेकाले पञ्चबर्षीय योजनामा दिगो विकास र समानुपातिक विकासको अवधारणालाई आत्मसाथ गर्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले सुझाब दिनुभएको थियो  ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्री, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा र मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जिल्लामा रहेको पर्यटन, जलस्रोत, कृषि, पशुपालन, जडिबुटी खेती लगायतको सम्भावनाको उजागर, विकास र प्रवद्र्धन गर्न सघाउने पक्षलाई पञ्चबर्षीय योजनामा समावेश गर्न आग्रह गर्नुभएको थियो  ।

    कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा र गैर सरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेलले दिगो विकासका लक्ष्यलाई आत्मसाथ गरि संघ, प्रदेश र स्थानीय तहका योजनाहरुमा एकरुपता कायम हुन सकेमा मात्रै त्यसले उपलब्धी हाँसिल गर्न सघाउनेमा जोडदिनु भयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवि शर्माले खानी उत्खनन र गाँजाखेतिलाई वैधानिकता दिने र घरेलु मदिरालाई ब्राण्डिङ गर्नेतर्फ आबश्यक नीति निर्माणमा नियमावलीको मस्यौदा बनाएर सरकारलाई बुझाउने तयारी गरिएको बताउनुभयो ।

    गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जिल्लाका हरेक स्थानीय तहहरुले आफ्नो प्राथमिकताका योजनालाई छनौट गर्न सुझाब दिईन् । उनले उहाँले एउटै पालिकामा धेरै योजनाहरु माग गर्दा योजना छनौट र प्राथमिकरणमा समस्या हुने बताइन् । आयोगका सदस्य सुवास अधिकारीले पहिलो पञ्चबर्षीय योजनाको समिक्षा र दोस्रो योजनाको अवधारणपत्रबारे समिक्षा प्रस्तुत गरेका थिए । आयोगले यस अघि मुस्ताङ र मनाङका सरोकारवालाहरुबाट सुझाब संकलन गरिसकेको र सबै क्षेत्रबाट सुझाब प्राप्त भएपछि विभिन्न चरणमा यसलाई छलफल गरेर आगामी चैत मसान्तभित्र गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदबाट दोस्रो पञ्चवर्षीय योजना स्विकृत गराउने तयारी गरिएको आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले बताउनुभयो  ।

    फोटो : देवी जिसी

    आर्थिक बर्ष २०८१/८२ देखि २०८५/०८६ सम्म लागु हुने गरी प्रदेश नीति तथा योजना आयोगले निर्माण गर्न लागिको दोस्रो पञ्चवर्षीय योजना निर्माणको चरणमा प्रथम पञ्चवर्षीय योजनाको समीक्षा गर्दै सरोकारवालाबाट प्राप्त सुझाबका आधारमा दोस्रो पञ्चवर्षीय योजना तयार गरिने उहाँले बताउनुभयो  । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले संघ, प्रदेश र स्थानीय तहका योजनाको छनौट र कार्यान्वयनमा तालमेल गराउने गरि पञ्चबर्षीय योजना तयार गर्नुपर्ने बताउनुभयो ।

    पहिलो पञ्चबर्षिय योजनाले विद्यूतिकरण, खानेपानी, सडक निर्माण लगायतका क्षेत्रमा लिएका लक्ष्यहरु सतप्रतिशत पुरा नभएपनि उपलब्धीमुलक नै रहेको पाईएको बताउँदै दोस्रो पञ्चबर्षीय योजनालाई अझ वस्तुगत तवरले तयार गर्नुपर्ने बताउनुभयो  । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले योजनबद्ध विकासको नीतिलाई कार्यान्वयन गर्न आवधिक योजना तयार गर्न लागिएको उल्लेख गर्नुभयो । कुन कुन क्षेत्रलाई कति प्राथमिकता दिने भन्ने लक्ष्य निर्धारण भएपछि मात्रै पञ्चबर्षीय योजनाले मुर्त रुप लिने बताउँदै त्यसको लागि आयोगले सबै पक्षसंग गम्भीर रुपमा छलफल तथा अन्तरक्रिया गर्न आबश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले तीन तहकै सरकारको योजनाको लक्ष्य र उदेश्य मिल्न सकेमा मात्रै विकासले उपलब्धी हासिल गर्न सक्ने बताउनुभयो । जिल्लास्थित स्थानीय तह र विकासका साझेदारहरुबिच घनिभुत छलफल गरेर जिल्लका प्राथमिकता र आबश्यकताको छनौट गरि योजना छनौट र सिफारिस गर्नुपर्नेमा जोड दिएका थिए  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

    २ हफ्ता अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

    १ महिना अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया


  • २ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

  • २ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

  • २ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • २ महिना अघि

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ५ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ५ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ५ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution