• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

६ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० आश्विन १५, सोमबार (२ साल अघि)

यो वर्षको मनसुन लम्बिने संकेत: धान नकाटौं, काटेको भए भित्र्याईहालौं

फाईल तस्विर

  • १४२८ पटक पढिएको
  • काठमाडौँ, असोज-१५,  जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर-२ देखि मनसुन बाहिरिने गरेको भए पनि यसपालि अझै मनसुन सक्रिय देखिएको छ ।

    वरिष्ठ मौसमविद् वरूण पौडेल विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताए । मनसुन बाहिरिन अझै झन्डै एक साता लाग्नसक्ने अनुमान रहेको उनले जानकारी दिए ।

    यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ ।

    अबको केही दिन मौसम बदली हुने र ठाउँ-ठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने पौडेलले बताए ।

    ‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौं र काट्ने बेलाको धान छ भने नकाटौं। दुई-तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौं,’ उनले भने ।

    उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ । घाम लाग्ने सम्भावना कम छ । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने पौडेलले बताए ।

    जल तथा मौसम विज्ञान विभागले दुई वर्षअघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।

    यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो । सुरूमा कोशी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भू(भाग र बागमती प्रदेशका अधिकांश भू-भागमा मनसुन आगमन भएको थियो। यसपालि मनसुनको सुरूआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ ।

    यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो । औषतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ । जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विष्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन आजलाई अनुमान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ हफ्ता अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

    १ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

    १ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे


  • १ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • १ महिना अघि

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

  • १ महिना अघि

    नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

  • १ महिना अघि

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ६ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution