• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

३ दिन अघि
२

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

४ दिन अघि
३

प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

४ दिन अघि
४

राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

४ दिन अघि
५

न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

५ दिन अघि
६

बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

१ हफ्ता अघि
७

महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

१ हफ्ता अघि
८

मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
९

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

१ हफ्ता अघि
१०

वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

१ हफ्ता अघि
११

भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय हुने

१ हफ्ता अघि
१२

गण्डकीमा सरकारी अड्डा खारेज र गाभियो केहि कर्मचारी दरबन्दी कटौती

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० भाद्र १२, मंगलबार (१ साल अघि)

म्याग्दीको जगन्नाथधामको गाजनेमा “भोलेत्रोको पातमा खिर” : रथ यात्रासँगै सरकारी भोज (तस्विर सहित)

तस्विर : देवी जिसी

  • ६०७ पटक पढिएको
  • म्याग्दी, भदौ-१२, म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको सोमबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।
    कार्यक्रमका अतिथिहरु, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासी, सर्वसाधारण लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तनसहित मन्दिर परिसरमा परिक्रमा गराइएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

    सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ । विगतमा एक, दुईजना व्यक्तिले पनि साफा लिएर मन्दिरको दर्शन गर्न आएमा भगवान् जगन्नाथको दर्शन गराइदिने गरिएको हुँदा यसबाट तँछाडमछाड हुने र जसले जतिपटक पनि ल्याउन सक्ने भएकाले यस्तो कार्य रोक्न हरेक वर्षको एकपटक मात्रै प्रत्यक्ष दर्शन गर्ने व्यवस्था मिलाइएको हो ।

    श्रावण शुक्ल द्वादशीमा रथयात्राको कार्यक्रम आयोजना गरी सोही दिन सबैलाई भगवान् जगन्नाथको पनि दर्शन गराइदिने र साफालगायत कपडा फेरिदिने प्रचलन कायम गरिएको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिनुभयो । भगवान् जगन्नाथको रथयात्राको कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योती लामिछानेले नगर क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नका लागि जोड दिइएको बताउनुभयो । उहाँले जगन्नाथ मन्दिरको महत्व ऐतिहासिक रहेको भन्दै नगरपालिकामार्फत मन्दिरको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    बेनी नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जगन्नाथको विकासका लागि नगरपालिकाबाट प्राथमिकता दिइएको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र जनकल्याण मावि पुलाचौरका अध्यक्ष गोपाल बानियाँले जगन्नाथको विकासमा जोड दिनुभयो । कार्यक्रमको अवसरमा विव्यस अध्यक्ष बानियाँले आफ्ना छोरा डायमन्ड बानियाँले युकेबाट पठाएको नगद ६० हजार रुपैयाँ मन्दिरको व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।

    यसैगरी स्थानीय व्यक्तित्व राजेन्द्र बानियाँले जगन्नाथ मन्दिरमा एकलाख रुपैयाँ बराबरको घण्टी चढाउने घोषणा गर्नुभएको छ । रथयात्रा कार्यक्रममा पण्डित दण्डपाणि शर्माले स्वस्तीवाचनसहित प्रवचन सुनाउनुभएको थियो । सरकारी भोजको समेत आयोजना गरिएको रथयात्रा कार्यक्रममा कुल ४३ पाथी चामलको खिर पकाइएको थियो भने जगन्नाथ आमा समूह र युवा क्लबले स्वयंसेवा गरेका थिए । रथयात्रामा सहभागी भई जगन्नाथको दर्शन र पुजा गर्न साविक धौलागिरि अञ्चलसहित विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरु गाजने पुगेका थिए ।
    जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता, सचिव निलकण्ठ शर्माले प्रगति प्रतिवेदन प्रस्तुत र मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले स्वागत गर्नुभएको औपचारिक कार्यक्रमको जनकल्याण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शिव बानियाँले सञ्चालन गर्नुभएको थियो ।

    जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याई मन्दिरको स्थापना गरेको किम्बदन्ती छ । सोही समयदेखि नै गाजनेमा घरपालुवा कुखुरा, संगुर, बंगुर तथा अवैध घरेलु मदिरा उत्पादनमा लगाइएको रोक अहिलेसम्म पनि कायम रहेको छ । आजभन्दा ५ सय २० वर्ष पुरानो जगन्नाथधाम (मन्दिर) भित्र भगवान् जगन्नाथ, डिम्ब महाराज, गणेश, राम, लक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहु लगायतका मूर्तिहरु रहेका छन् । मन्दिरमा दैनिक रुपमा नित्य पुजाआजा हुँदै आएको छ ।

    तस्विर : देवी जिसी

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

    ४ दिन अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

    ४ दिन अघि

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो


  • ४ दिन अघि

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

  • १ हफ्ता अघि

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

  • १ हफ्ता अघि

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

  • १ हफ्ता अघि

    स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

  • समाचार
  • १

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न
    ३ दिन अघि

  • २

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ
    ४ दिन अघि

  • ३

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो
    ४ दिन अघि

  • ४

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए
    ४ दिन अघि

  • ५

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न
    ५ दिन अघि

  • ६

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा
    १ हफ्ता अघि

  • ७

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने
    १ हफ्ता अघि

  • ८

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते
    १ हफ्ता अघि

  • ९

    स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन
    १ हफ्ता अघि

  • १०

    वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution