• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सीमाना, संवेदना र जिम्मेवारी

५ दिन अघि
२

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

६ दिन अघि
३

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
४

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
५

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

१ हफ्ता अघि
६

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

३ हफ्ता अघि
७

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

३ हफ्ता अघि
८

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

३ हफ्ता अघि
९

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१०

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
११

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि
१२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० श्रावण ७, आईतबार (२ साल अघि)

एमाले म्याग्दीले विविध कार्यक्रमसहित ४५औं पुष्पलाल स्मृति दिवस मनायो

फोटो प्रताप बानिया

  • ५६८ पटक पढिएको
  • म्याग्दी, साउन-७,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा आज (आइतबार) ४५औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । एमाले म्याग्दीद्वारा विविध कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइएको हो ।
    एमाले म्याग्दीको हाँडेभीरस्थित पार्टी कार्यालय शहिद स्मृति प्रतिष्ठानमा आयोजित ४५औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा स्वर्गीय पुष्पलालको तस्विरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको थियो । पुष्पलालको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज गोविन्द नेपालीले देश अहिले पुष्पलालले अगाडि सारेको नीतिअनुसार अघि बढिरहेको विचार व्यक्त गर्नुभयो ।
    केन्द्रीय सदस्य नेपालीले तत्कालीन समयमा स्व. पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे पनि अहिले कम्युनिष्टहरु विभिन्न समूहमा विभाजित भएको बताउँदै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले भएको बताउनुभयो । उहाँले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीमा आबद्ध हुन पाउनु गर्वको विषय भएको उल्लेख गर्दै आम नेता, कार्यकर्ताहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले गठबन्धनबाट एमालेमाथि प्रहार हुने गरेको भन्दै गठबन्धन सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यद्वय हरिकृष्ण श्रेष्ठ र खुमबहादुर बानियाँले अहिलेका सबै कम्युनिष्ट पार्टीहरु पुष्पलालले अगाडि सारेको नीति, सिद्धान्त र विचारलाई अनुसरण गर्दै एक हुनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले नै भएको भन्ने निर्वाचनबाटै पुष्टि भएकाले एमालेमा लाग्नुको विकल्प नभएकोमा जोड दिनुभएको थियो ।
    स्व. पुष्पलालको ४५औं स्मृति दिवसको अवसर पारेर एमाले म्याग्दीले नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रम नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालको अध्यक्षता र स्वागत एवं सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
    २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो । १९८१ साल असारमा रामेछापको भङ्गेरीमा जन्मिनुभएका पुष्पलाल वैचारिक रूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताको रूपमा परिचित हुनुहुन्छ ।
    पुष्पलालले जनताको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

    १ हफ्ता अघि

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

    १ महिना अघि

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा


  • १ महिना अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • २ महिना अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

  • २ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

  • ३ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

  • समाचार
  • १

    सीमाना, संवेदना र जिम्मेवारी
    ५ दिन अघि

  • २

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    ६ दिन अघि

  • ३

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ४

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    १ हफ्ता अघि

  • ६

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ३ हफ्ता अघि

  • ७

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ३ हफ्ता अघि

  • ८

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ३ हफ्ता अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • १०

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution