• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १५, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१९ घण्टा अघि
२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ दिन अघि
३

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

२ दिन अघि
४

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

३ दिन अघि
५

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

४ दिन अघि
६

उपल्लो मुस्ताङमा हिमपात

४ दिन अघि
७

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

४ दिन अघि
८

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

५ दिन अघि
९

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

५ दिन अघि
१०

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
११

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

२ हफ्ता अघि
१२

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० अषाढ २८, बिहिबार (२ साल अघि)

म्याग्दी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

तस्विर : जिसस म्याग्दी

  • ५१९ पटक पढिएको
  • बेनी, असार-२८,  म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहहरुमा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै खोपहरु पाईसकेको सुनिश्चिता भएपछि म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चिताको दिगोपना कायम रहेको जिल्ला घोषणा गरिएको हो ।

    जिल्लामा सबै घरधुरी सर्वेक्षण गरेर १५ महिना मुनीका १ हजार ७१२ जना बालबालिकाहरुले नियमित रुपमा खोप लगाइरहेको र १६ महिनादेखि ५ बर्ष मुनिका कुल ४ हजार ४२१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चिता भएपछि म्याग्दी पूर्ण खोपको दिगोपना कायम राख्न सफल भएको जिल्ला खोप समन्वय समितिका सचिब समेत रहनुभएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । तत्कालिन सबै गाविसहरु पूर्ण खोप सुनिश्चिता भएपछि २०७१ चैत १५ गते म्याग्दीलाई मुलुककै छैठौँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको थियो ।

    जिल्ला खोप समन्वय समितिले विहिवार बेनीमा आयोजना गरेको समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सभा सदस्य हरि भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्मा लगायतले पूर्णखोप सुनिश्चिता दिगोपनालाई निरन्तरता दिने प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जुग्जालीले विभिन्न रोग निवारणको लागि सरकारले खोपमा ठूलो लगानी गरेको बताउँदै हरेक बालबालिकाहरुलाई खोपको सुनिश्चिता गर्न स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ‘‘गण्डकी प्रदेश सरकारले समेत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, स्वस्थ जनशक्ति भएमा मात्रै देश समृद्ध र विकसित हुन सम्भव छ, ’’–उहाँले भन्नुभयो । मन्त्री जुग्जालीले स्वास्थ्य क्षेत्रमा हुने तालिम, गोष्ठि र सेमिनारहरुलाई व्यवहारिक बनाउनुपर्ने र आबश्यकता भन्दा बाहिर गएर फजुल खर्च गर्ने परम्परागत शैलिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा खोप समन्वय समितिका अध्यक्ष विनोदबिन्दु शर्माले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको मेहनतले सबै बालबालिकाहरुले खोप पाउने अवसरको सुनिश्चिता भएको बताउँदै खोप केन्द्रहरुमा भवन लगायतका पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसिराम पौडेल, नेपाली काँग्रेसका उपसभापति हरिकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख रामबहादुर नेपाली, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले बालबालिकाहरुमा खोपको सुनिश्चिता गराउन स्वास्थ्यकर्मीको योगदान र भूमिकाको चर्चा गर्नुभएको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनुभएका जिसस प्रमुख थापाको अध्यक्षता, जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद पोखरेलले स्वागत र स्वास्थ्य कार्यालयका प्रमुख लम्सालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १९ घण्टा अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

    १ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

    २ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित


  • ३ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

  • ४ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • ४ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • ५ दिन अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

  • समाचार
  • १

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १९ घण्टा अघि

  • २

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ दिन अघि

  • ३

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    २ दिन अघि

  • ४

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ३ दिन अघि

  • ५

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ४ दिन अघि

  • ६

    उपल्लो मुस्ताङमा हिमपात
    ४ दिन अघि

  • ७

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ४ दिन अघि

  • ८

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ५ दिन अघि

  • ९

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ५ दिन अघि

  • १०

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution