• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन ३, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

१९ घण्टा अघि
२

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१ दिन अघि
३

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१ दिन अघि
४

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

२ दिन अघि
५

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

२ दिन अघि
६

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

३ दिन अघि
७

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

४ दिन अघि
८

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

५ दिन अघि
९

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

५ दिन अघि
१०

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

६ दिन अघि
११

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ हफ्ता अघि
१२

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष २४, आईतबार (२ साल अघि)

कृष्ण बानियाँद्वारा लिखित पुस्तक ‘विसङ्गत अभिरुचि’ संस्मरणको विमोचन

तस्विर : कृष्ण जिसी

  • ७५२ पटक पढिएको
  • बेनी, पुष-२३, म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारको मङ्गलाघाट निवासी कृष्ण बानियाँद्वारा लिखित पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन भएको छ । म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको आयोजनामा शनिवार एक समारोहबीच पुस्तक विमोचन गरिएको हो । लेखक कृष्ण बानियाँको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन गर्दै वरिष्ठ साहित्यकार तथा प्राज्ञ प्रेम छोटाले जागिरे जीवनको भोगाइलाई सङ्ग्रह गरी प्रकाशन गरेकोमा लेखकलाई आभार प्रकट गर्नुभयो । उहाँले सरकारी जागिरको समय पुरा गरी बाँकी समय लेखन कार्यमा लगाएको हुँदा यसले साहित्यको विकासमा समेत सहयोग पुग्ने बताउँदै लेखक बानियाँलाई आगामी दिनमा पनि लेखनको कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    सोही कार्यक्रममा बोल्दै पूर्व सांसद तथा साहित्यकार चन्द्रप्रकाश बानियाँले प्रकाशित पुस्तकमा कृष्ण बानियाँले आफू जागिरमा रहँदा गरेको संघर्ष र भोगेका दुःख, कठिनाइलार्इ यथार्थ रुपमा बाहिर ल्याएको बताउनुभयो । उहाँले प्रकाशित संस्मरण कृति विसङ्गत अभिरुचि आफ्नो समाप्तिपछि पनि जागिरे जीवनको भोगाई प्रमाणको रुपमा रहने भन्दै यसले भावी पुस्तालाई अगाडि बढ्न अवसर प्रदान गर्ने बताउनुभयो । धौलागिरि बहुमुखी क्याम्पस सञ्चालक समिति बागलुङका अध्यक्ष डिनबहादुर थापाले पुस्तकले अरुलाई पनि लेखन कार्यमा उत्साह जगाउने बताउनुभयो ।

    लेखक बानियाँले आफूले जागिरे जीवनमा रहँदा इमान्दारपूर्वक काम गरेको बताउँदै आफ्नो ३७ वर्षे जागिरे जीवनका दुःख, कष्ट, पीडा र भोगाइलाई पुस्तकमार्फत उतारेको जानकारी दिनुभयो । उहाँले विसङ्गत अभिरुचि संस्मरणभित्र २८ वटा छन्दमा जागिरे जीवनको भोगाई उल्लेख गरेको बताउनुभयो । पुस्तकमाथि साहित्यकार रामप्रसाद सुवेदीले समीक्षा गर्नुभएको थियो । शिखा बुक्स बागबजार काठमाडौं प्रकाशक रहेको यस पुस्तकको प्रति मूल्य चारसय २५ रुपैयाँ तोकिएको छ ।

    बानियाँद्वारा लिखित पुस्तकभित्र तक्मेलीहरुको बहुदल प्रेम, गलेश्वर मेला, बत्तीमूनि अँध्यारो, पराजित आन्दोलन, नक्कली स्रेस्ता, हाकिमको हैकम, अन्तरवार्ता, कीर्ते रजिष्टेशन, विचलित मन, नागरिकताको मोल, कर्तव्यबोध, यज्ञ औचित्य, मार्ने धम्की, आकाशमा हराउँदा शीर्षकका लेखहरु समावेश गरिएको छ । यसैगरी विसङ्गत अभिरुचि, धुन्चेको रुन्चे बसाई, महङ्गो सरुवा, ज्यानको जोखिम, म्याग्दीको भूमि समस्या, भालुको रिस खन्युँमाथि, नेताहरुको नियत, राष्ट्र सेवाको मूल्य, तावाको माछो भुङ्ग्रोमा, विद्रोहीको विवेक, परित्यज्य विभूषण, नवलपुरको नयाँ वस्ती, अवकाश अनुभूति र रहलपहल स्मृतिका तरेलीहरुको शीर्षकमा लेखहरु उल्लेख गरिएको लेखक बानियाँको भनाइ छ ।

    कार्यक्रममा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान मल्लाज पर्वतका उपाध्यक्ष केदारनाथ पौडेल, म्याग्दी साहित्य सञ्चारका संरक्षक चन्द्रबहादुर लामिछाने, म्याग्दी बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र साहित्यप्रेमी अमृतदेवी बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माको अध्यक्षता, पुलस्त्य साहित्य प्रतिष्ठानका उपाध्यक्ष शिव ‘सस्मित’को स्वागत र साहित्यकार अजयमिलन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १ दिन अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    २ दिन अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • ६ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • २ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • समाचार
  • १

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ
    १९ घण्टा अघि

  • २

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १ दिन अघि

  • ३

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १ दिन अघि

  • ४

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    २ दिन अघि

  • ५

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    २ दिन अघि

  • ६

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    ३ दिन अघि

  • ७

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ४ दिन अघि

  • ८

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ५ दिन अघि

  • ९

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ५ दिन अघि

  • १०

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution