• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर ७, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

२ दिन अघि
२

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

५ दिन अघि
३

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

१ हफ्ता अघि
४

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

१ हफ्ता अघि
५

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
६

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

२ हफ्ता अघि
७

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

२ हफ्ता अघि
८

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

२ हफ्ता अघि
९

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ हफ्ता अघि
१०

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

२ हफ्ता अघि
११

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

२ हफ्ता अघि
१२

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ मंसिर १०, शनिबार (२ साल अघि)

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु, म्याग्दीमा वैदेशिक रोजगार र परिवारको भूमिका विषयमा अन्तरक्रिया

तस्विर: देवी जिसी

  • ७९६ पटक पढिएको
  • देवी जिसी/म्याग्दी, मंगसिर-१०,‘सभ्य  समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । यसैक्रममा  शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा वैदेशिक रोजगार र परिवारको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको हो । बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको समन्वय तथा आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको मिलन म्याग्दी र महिला अधिकार मञ्चले आयोजना गरेका थिए । यसैगरी कार्यक्रममा नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, दिदीबहिनी, सङ्गिनी, मिलन महिला बचत तथा ऋण सहकारी, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दी, सुआहारा दोस्रो कार्यक्रम र ईन्सेक म्याग्दीले सहकार्य गरेका थिए ।

    कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछानेले उत्पादनसँग जोडिन सकेमा आर्थिक परनिर्भरता घट्ने हुँदा लैङ्किक हिंसा न्युनीकरण हुने बताउनुभयो । उहाँले आमा समूहलाई भवन निर्माण र भाँडावर्तनलगायत फर्निचर खरिद गर्नुभन्दा सिपमूलक तालिम तथा गोष्ठी सञ्चालनको आवश्यकता रहेको बताउँदै सिपमूलक तालिम लिएर सक्षम उद्यमी र व्यवसायी बन्न सुझाव दिनुभयो । बेनी नगरपालिकाले महिलालक्षित कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्थापन गरेको बताउँदै देशभित्रै स्वरोजगार बन्नुपर्ने उहाँको भनाइ छ । सोही कार्यक्रममा सहजीकरण गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले नेपालमा पछिल्लो समय शैक्षिक बेरोजगार बढ्दै गैरहेको हुँदा यसलाई रोक्नका लागि स्थानीय तहले रोजगार सिर्जना गर्नेतर्फ आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उहाँले युवा पलायन सकभर स्वदेशमै रोक्नुपर्ने नभए विदेश जान चाहनेहरुलाई आवश्यक सिपमूलक तालिम दिएर मात्र पठाउनुपर्ने बताउँदै सरकारले उद्यमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि त्यो प्रभावकारी रुपमा सञ्चालन हुन नसकेकाले अनुगमन जरुरी रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा सहभागी महिलाहरुले आ–आफ्नो धारणा राख्दै योग्यता र क्षमता भएर पनि सरकारी जागिर पाउन सोर्सफोर्स लगाउनुपर्ने, स्वदेशमै रोजगारीको अवसर नपाउनु, राजनीतिक अस्थिरता, गरिबी तथा अशिक्षा, चेतनाको अभावलगायत विभिन्न कारणहरुले गर्दा विदेशिनुपर्ने बाध्यता रहेको अनुभव सुनाउँदै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले वैदेशिक रोजगार र यसले समाजमा पारेका हिंसाजन्य प्रभाव एवं घर परिवारको भूमिकासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै प्रजिअ रानाले वैदेशिक रोजगारको प्रवृत्ति र महिला हिंसा, प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीले वैदेशिक रोजगारसम्बन्धी म्याग्दीमा भएका घटनाहरु र सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले लैङ्गिक हिंसाको वर्तमान अवस्थाको विषयमा सहजीकरण गर्नुभएको थियो । मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता र कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला अधिकार मञ्चका जिल्ला अध्यक्ष निरमाया मिजारले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रमको अवसरमा ‘म हिंसा सहन्न, आफू पनि गर्दिन र देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धतासहित व्यानरमा हस्ताक्षर गर्नुका साथै सेतो रिबन वितरण गरिएको थियो । नेपालमा १६ दिने अभियानको सुरुवात वि सं २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीप (ऋध्न्ी) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउँदै आएको पाइन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भैसकेको छ ।

    महिलामाथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यस अभियानअन्तर्गत हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधिहरु र कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    २ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    २ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • २ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • ३ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ३ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ३ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ दिन अघि

  • २

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    ५ दिन अघि

  • ३

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    १ हफ्ता अघि

  • ४

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    १ हफ्ता अघि

  • ५

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ६

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    २ हफ्ता अघि

  • ७

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    २ हफ्ता अघि

  • ९

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution