रुपन्देही, जेठ-२१, लुम्बिन प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले अहिले कक्षा १२ को परीक्षा दिँदैछन् । उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ ।
मन्त्री खान मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका थिए । शिक्षा संकायमा भर्ना भएका उनले अहिले परीक्षा दिँदैछन् ।
उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ ।मन्त्री खानले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि गएका छैनन् ।
खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भएपनि त्यसपछि नआएको बताए ।
‘पहिलो दिन आएर परीक्षा दिनुभएको हो, त्यसपछि के पर्यो खै आउनुभएको छैन, केही समस्या परेर होकी जानकारी भएन’–शुक्लाले भने । स्थानीय एक नेताले सरकारको नीति तथा कार्यक्रम र बजेटका तयारीमा लाग्नुपरेकाले परीक्षामा आउन नपाएको हुनसक्ने बताए ।
खान नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४(२)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । ३९ वर्षीय खानले पुनः अध्ययन थालेपछि यहाँका स्थानीय उत्साहित भएका छन् । नेपालप्रेसबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )