• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८० आश्विन ९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

४ घण्टा अघि
२

पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

२१ घण्टा अघि
३

म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम

२१ घण्टा अघि
४

SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

२१ घण्टा अघि
५

पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

२१ घण्टा अघि
६

मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

३ दिन अघि
७

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

३ दिन अघि
८

म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )

४ दिन अघि
९

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे

४ दिन अघि
१०

पठन संस्कृतिको बिकास गरौँ

६ दिन अघि
११

संचारिका समूह म्याग्दीको प्रथम अधिबेशन : अध्यक्षमा देवी जि.सी.

१ हफ्ता अघि
१२

म्याग्दीका महिलाहरुद्वारा, ‘अंश र वंशको अधिकार” विषयमा अन्तरक्रिया

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

१0 महिना अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
६

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

९ महिना अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ महिना अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र २५, शुक्रबार (२ साल अघि)

एमाले म्याग्दीको अगुवा कार्यकर्ता भेलाः माधव नेपालले दशबुँदे सहमति नमानेर पार्टी फुटाए– गुरुङ

नेकपा एमाले जिल्ला कमिटि म्याग्दीदारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ

  • ५४४ पटक पढिएको
  • भदौ २५, २०७८ शुक्रबार । प्रताप बानियाँ
    म्याग्दी – नेकपा एमालेका सचिव एवं स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले माधव नेपालले दशबुँदे सहमति नमानेर एमाले फुटाएको आरोप लगाउनुभएको छ । एमाले म्याग्दीले आज शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले दशबुँदे सहमतिको कार्यान्वयन गर्नुको सट्टा पार्टी फुटाएको बताउनुभएको हो ।

    सचिव गुरुङले दुई जना नेतासँग सरसल्लाह गरेर दशबुँदे सहमतिपत्र तयार पारेको बताउँदै पार्टीमा यसलाई कार्यान्वयन गर्नका लागि केपी ओली र माधव नेपाललाई बुझाइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘केपी ओलीले दशबुँदेको अनुमोदन गर्नुभयो । समर्थन गर्नुभयो र त्यसलाई कार्यान्वयन गर्ने भन्नुभयो ।’ तर माधव नेपालले यसमा मेरो असहमति छ, म यो स्वीकार्न सक्तिन भनेको बताउनुभयो । ‘माग गर्दैगर्दै जाने, अनि निहुँ झिक्दै जाने, एकपछि अर्को निहुँ झिक्दै जाने, निहुँ झिक्दै जाने, उहाँको उद्देश्य के रहेछ भने पार्टी छोडेरै जाने रहेछ’ उहाँले भन्नुभयो ।

    नेताहरुलाई मिलाउनका लागि अब महाधिवेशनसम्म माधव नेपालजीलाई अर्को अध्यक्ष दिएरै भए पनि पार्टीको एकता जोआगौं भनेर आफूले प्रस्ताव गरेको सचिव गुरुङले बताउनुभयो । उहाँले लामो छलफलबाट केपी ओलीले यो प्रस्ताव स्वीकारेपछि विष्णु पौडेल र सुवास नेम्बाङ प्रस्ताव लिएर माधव नेपालकहाँ गएको बताउँदै भन्नुभयो– ‘तर माधव नेपालले कहाँ म जान्छु, पदलोलुप हुन्छ, म पदलोलुप व्यक्ति होइन, विधि र प्रक्रियामा विश्वास गर्ने व्यक्ति हो । जे एन झलनाथजीलाई बनाउनुहोस् ।’ उहाँले जबकी आफूसँग माधव नेपालले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुहोस्, मिल्न सक्छ । कारवाही सबै फिर्ता गर्नुस् मिल्न सक्छ र फागुन २८ पछाडि एकलौटी गरेका सबै निर्णय खारेज हुनुपर्ने भनेको बताउनुभयो ।

    गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका एमाले सचिव गुरुङले एमालेको अर्को अध्यक्ष बनाउँदा पनि हुँदैन, जेठ २ गते फर्कंदा पनि हुँदैन र कारवाही सबै फिर्ता लिँदा पनि नभएपछि माधव नेपालले प्रचण्डसँग कस्तो सम्झौता गर्नुभएको रहेछ ? भनेर प्रश्न गर्नुभयो । उहाँले माओवादीका एक नेताले आफूलाई केपी ओलीसँग माधव नेपाल सँगै पार्टीमा बस्दैनन् भनेको बताउँदै माधवले प्रचण्डसँग एमाले फुटाउनका लागि सम्झौता गरेको खुलासा गर्नुभयो । तर उहाँले माओवादीको कुन नेताले त्यसो भनेको भनेर नाम भने सार्वजनिक गर्नुभएन ।

    फुटेर गएको पार्टीले संसारमा कहीँ पनि चुनाव जितेको र सरकारको नेतृत्व गरेको उदाहरण नभएको बताउँदै एमाले सचिव गुरुङले माधव नेपाल समूहसँग कुनै तर्क पनि नभएको र पार्टी पनि चल्न नसक्ने बताउनुभयो । उहाँले माधव नेपाल आफूमा भएको बिना छाडेर अर्काकोमा भएको बिना खोज्दै हिँडेको आरोप लगाउनुभएको छ । माधव नेपालको पार्टीमा कुनै विचार, सिद्धान्त र नीति नभएकाले त्यो पार्टीमा जान आवश्यक नभएको भन्दै नेता कार्यकर्तालाई सचिव गुरुङले आग्रह गर्नुभयो ।
    सोही भेलालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले माधव नेपाल समूहले बनाएको एकीकृत समाजवादी पार्टी दक्षिणपन्थी अवसरवाद भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले भन्दै र गर्दै आएको बुर्जुवा समाजवादी कार्यक्रम र माधव नेपाल समूहको एकीकृत समाजवादीले अङ्गालेको समाजवादी कार्यक्रममा कुनै अन्तर नभएको बताउँदै माधव समूहको समाजवाद वैज्ञानिक समाजवाद हो कि कांग्रेसको बुर्जुवा समाजवाद हो ? भनेर प्रश्न समेत गर्नुभयो ।

    नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताउँदै एमाले नेता गुरुङले पार्टी फुटको असर देशमा कहिँकतै नपरेको र न्युन संख्यामा एमाले छाडेको बताउनुभयो । गलत विचार बोकेर माधव नेपाल पतनको बाटोतर्फ लागेको बताउँदै उहाँले भन्नुभयो– ‘कम्युनिष्ट बिग्रनु र आलु कुहिनु’ एउटै भएको टिप्पणी गर्नुभयो । माधव नेपाल सच्चिए ठिक छ, नभए त्यही पतनको बाटोमा जाने हो’ उहाँले भन्नुभयो ।

    एमाले नेता गुरुङले नेकपा एमाले विभाजित नभई गलत मान्छे पाखा लागेको र पार्टी शुद्दीकरण भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नेकपा एमाले विभाजन भएको छैन, कहिल्यै पनि विभाजन हुन सक्दैन ।’ सिद्धान्त र विचारको ख्याल नगरी एमाले र माओवादी केन्द्रसँग पार्टी एकता गर्नु र पार्टीमा दुई अध्यक्षको व्यवस्था गर्नुले पार्टी एकतामा समस्या भएको उहाँले बताउनुभयो । माओवादी स्थानीय तहको निर्वाचनमा कमजोर बनेपछि एमालेसँग मिल्न आए पनि पार्टी एकताले पूर्णता नपाएको नेता गुरुङको भनाइ छ ।

    नेकपा एमाले गण्डकी प्रदेश कमिटी कार्यालय सदस्य नवराज शर्माले एमालेमा अहिले फुटको असर देखिए पनि फेरि हरियाली आउने बताउनुभयो । एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले देउवाको पछि लागेर यो देशमा समाजवाद नआउने बताउँदै माधव नेपालले पार्टी फुटाएर गलत काम गरेको बताउनुभयो ।

    एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र केसीको स्वागत र सचिव बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न जिल्ला भेलामा जिल्लाको ६ वटै स्थानीय तहबाट जनप्रतिनिधिसहित नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ घण्टा अघि

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

    २१ घण्टा अघि

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

    २१ घण्टा अघि

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम


  • २१ घण्टा अघि

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

  • २१ घण्टा अघि

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

  • ३ दिन अघि

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

  • ३ दिन अघि

    सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

  • समाचार
  • १

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण
    ४ घण्टा अघि

  • २

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा
    २१ घण्टा अघि

  • ३

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम
    २१ घण्टा अघि

  • ४

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान
    २१ घण्टा अघि

  • ५

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो
    २१ घण्टा अघि

  • ६

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण
    ३ दिन अघि

  • ७

    सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
    ३ दिन अघि

  • ८

    म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )
    ४ दिन अघि

  • ९

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे
    ४ दिन अघि

  • १०

    पठन संस्कृतिको बिकास गरौँ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution