तिलु शर्मा पौडेल, दोहा कतार ।
कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा सञ्चालन गरेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ । “कोरोना महामारी, यसले विभिन्न क्षेत्रमा पारेका प्रभाव र निराकरणका उपाय” शीर्षकको अन्तिम नतिजा प्रकाशन गर्दै पहिलो चरणबाट कुल १२ बिद्धार्थीहरू दोस्रो चरणमा प्रवेश गरेको सङ्घले जनाएको छ ।
कुल २३ विद्यार्थीको भिडियो मार्फत उपस्थिति रहे पनि प्रतियोगितामा १८ जनालाई प्रतिस्पर्धीको रूपमा सहभागी गराइएको वक्तृत्वकला प्रतियोगिता आयोजक समितिका संयोजक थम कुमार गिरीले जानकारी दिनु भयो।
उत्कृष्ट १२ मा वेस्ट पोइन्टबाट शिल्पीका जिसी र प्रज्वल मल्ल, प्रकाश माविकी सिर्जना कटुवाल, जमुना खर्क माविबाट विनीता सुबेदी, बेनी सामुदायिक स्कुलकी सुमित्रा पौडेल, कैलाश मा.बि.दोवाबाट मेरीका चोचांगी, मुक्तिधाम माविकी बेबिना शाही, सर्वोदय मा.बी.बाट सुष्हाना पुन, श्री सरस्वती मा.बि.बाट सुजल कार्की, भीम मा.बि.देबिस्थानकी सुमिना पुन, म्याग्दी एकेडेमीबाट अनुज खड्का र जनप्रिय मा.बिबाट विजया शर्मा रहनु भएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )