• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण १०, आईतबार (४ साल अघि)

सामुदायिक विद्यालय खुलाइँदै !

फाईल तस्विर

  • १०५२ पटक पढिएको
  • काठमाडौँ, साउन-१०,  कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा काभ्रेको  मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन शुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि शुरु गरिएको नगर शिक्षा शाखाले जनायो ।

    स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ भौतिक दूरी कायम गर्दै निश्चित समयभित्र तोकिएको शैक्षिक गतिविधि थालिएको नगर शिक्षा शाखाप्रमुख लोकेन्द्र विष्टले जानकारीदिनुभयो । “वैकल्पिक शैक्षिक सिकाइ गर्नेगरी समयमा विभाजन गरी विद्यालय खुलाएका हौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार नयाँ शैक्षिकसत्र २०७८ अन्तर्गतको कक्षामा पठनपाठन शुरु गरिएको हो ।

    शाखाका अनुसार दैनिक छुट्टाछुट्टै कक्षामा विद्यार्थी बोलाई शैक्षिक क्रियाकलाप गरिने जनाइएको छ । आइतबार एकदेखि तीन कक्षा, सोमबार ४ देखि ५ कक्षा गर्दै क्रमशः १२ कक्षासम्मका विद्यार्थीलाई पठनपाठन गर्न थालिएको हो । शिक्षक–विद्यार्थीलाई भने अनिवार्य भौतिक दूरी र स्वास्थ्यका मापदण्ड अपनाउन भनिएको जनाइएको छ ।

    मण्डनदेउपुर नपा–१० उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाले भौतिक दूरी कायम गर्दै स्वास्थ्यका मापदण्ड अपनाई विद्यालय गत आइतबारदेखि नगरको निर्णयसँगै खुलाइएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “आलोपालो प्रणालीमा विद्यालयमा विद्यार्थी बोलाइएको छ, यसले विद्यालय आउने बानी बस्नुका साथै पढाइप्रतिको रुचि जाग्नेछ ।” उहाँले विशेषगरी शिक्षक–विद्यार्थीले अनिवार्य भौतिक दूरी कायम गर्दै र स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताउनुभयो । मण्डनदेउपुर नगरमा २८ आधारभूत, १२ माध्यमिक, एक क्याम्पस र ४२ बालविकास केन्द्र छन् ।

    तेमाल गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन नै दिएको छ । शुक्रबार गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुख लक्षण कुईंकेलले विद्यालय सञ्चालन सम्बन्धमा विज्ञप्ति जारी गर्दै लामो समयदेखि अवरुद्ध विद्यालयको पठनपाठन सञ्चालन गर्न चारबुँदे निर्देशनसमेत गर्नुभएको छ ।

    निर्देशनमा स्वास्थ्यसम्बन्धी मापदण्ड तथा भौतिक दूरी कायम गरी विद्यालय सञ्चालन गरी भौतिकरुपमा शैक्षिक क्रियाकलाप गर्नुपर्ने, त्यसो गर्न नसकिए वैकल्पिक माध्यमबाट पठनपाठन गराउनुपर्ने तथा टाढाबाट आएका शिक्षकलाई कोरोनाविरुद्धको खोप अनिवार्य लगाई नियमित काममा खटाउन प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनलाई आग्रह गरिएको उल्लेख छ । तेमालमा भने ४१ सामुदायिक विद्यालय छन् ।

    केन्द्रीय सरकारले विद्यालय खुलाउने निर्णय नगरी स्थानीय तहले आफूखुशी विद्यालय सञ्चालन गर्न लागेकामा आपत्ति व्यक्त गर्दै महामारीको जोखिममा आफूखुशी निर्णय गर्नु उपयुक्त नभएको जिल्ला कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का संयोजक शिवराम पोखरेलले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “संवेदनशील विषयमा आफूखुशी निर्णय गर्नु राम्रो होइन, यदि सोही कारण भयाभह अवस्था आए स्वयं जिम्मा लिनुपर्ने पनि हुनसक्छ ।” यसबारे जिल्लास्थित सरोकारवालासँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । जिल्लाका कूल ६९० विद्यालयमध्ये ५८७ सामुदायिक विद्यालय छन् । पछिल्लो केही हप्तादेखि काभे्रमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्नुका साथै दैनिकजसो एक सङ्क्रमितको मृत्यु हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । कोरोनाका कारण शनिबार जिल्लाका दुईको मृत्यु भयो भने शुक्रबार एकको मृत्यु भएको छ । तीन हप्ताअघिसम्म करीब ३०० को हाराहारीमा झरेको सङ्क्रमितको सङ्ख्या हाल दोब्बरको अवस्थामा रहेको देखिन्छ । काभ्रेमा हालसम्म सङ्क्रमित १२ हजार २१४ मध्ये ११ हजार ४३१ सङ्क्रमणमुक्त भएका छन् भने १७६ को मृत्यु भइसकेको छ ।

    जिल्लाका हाल ६०८ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा १२०, धुलिखेलमा १३४, पनौतीमा १५४, पाँचखालमा १०८, नमोबुद्धमा ४५, मण्डनदेउपुरमा छ तथा रोशी गाउँपालिकामा १०, चौँरीदेउरालीमा चार, तेमालमा १०, भुम्लु तीन, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा दुई सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । तेह्र स्थानीय तहमध्ये खानीखोला गाउँपालिका हाल कोरोना सङ्क्रमणमुक्त अवस्थामा छ । रासस

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार


  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution